मोरङ -उर्लाबारी नगरपालिका-७ ग्राण्ड होटल नजिक को.१ च ३६४४ नम्बरको भेन र ना.१३ प ७६३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-४ बस्ने २१ वर्षीय पवन लिम्बुको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी बिर्तामोड अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएका हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय हिरण बिकको सोही अस्पतालमा उपचार भइरहेको छ । भेन चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।