• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बनेपा सहर, जहाँ छोराभन्दा बढी छोरीलाई दिइन्छ महत्व


सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

काभ्रेपलाञ्चोक– प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ। काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ। एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, ‘छोराछोरी’ बराबरी।

Advertisement

बनेपामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गरिन्छ। विसं १९५९ देखि यहाँका स्थानीयले यस परम्परालाई विशेष तामझाम, रमझमसहित सामूहिक संलग्नतामा मनाउँदै आएका छन्। अघिल्ला दुई वर्ष कोभिड-१९ को महामारीका कारण प्रभावित बनेको कन्यापूजा गत वर्षदेखि पुनःनिरन्तरता पाएको छ। यस अवधिमा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्याको पूजा गरिएको छ।

सनातन कन्यापूजा प्रबन्ध समितिमार्फत रजस्वला नभएका (दश वर्षमुनिका कन्या)को पूजा गर्ने गरिएको जनाइएको छ। यस वर्ष भदौ २० गते कन्यापूजा गरिने समितिले जनाएको छ। रजस्वला नभएका तथा बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहेको स्थानीय लम्बोदर कायष्थले बताए।

यही मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्दै आइएको उनले बताए। उनका अनुसार विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा यसप्रथा धुमधामका साथ आयोजना गरी मनाउने गरिएको छ।

घाम र हावाको सन्तुलन मिलाउन चोक, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएको प्राचीन सहर हो बनेपा। यहाँ नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार छन् । यस नगरमा एक सय २१ वर्ष पुरानो इतिहास बोकेको कन्यपूजाको प्रचलन पछिल्ला केही वर्षदेखि जिल्लाका अन्य बजार तथा बस्तीमा पनि गर्न थालिएको स्थानीयबासी बताउँछन्।

विनाटिकट स्वतःस्फूर्त गरिने यसमा प्रत्येक वर्ष करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन्। बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन्। दश वर्षमुनिका कन्यालाई पूजा गर्दा उनीहरुको स्वास्थ्य राम्रो हुनुका साथै पूजा गर्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको समितिका सदस्य प्रकाश कायष्थले बताए। उनका अनुसार यही कारणले कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गर्ने र गराउनेको ठूलो भीड हुने गर्दछ।

त्यस दिन कन्यालाई पूजा गर्नका लागि काठमाडौं, भक्तपुर, ललितपुरका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका समितिका सदस्य कायष्थले बताए। उनका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा, प्रसाद, स्वारी, मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन्।

पूजामा सहभागी प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाएर पूजा गर्ने प्रचलन रहेको कायष्थले बताए। उनका अनुसार पूजामा काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर, काठमाडौं, ललितपुर लगायतबाट रजस्वला नभएका कन्या पनि सहभागी हुने गर्छन्।

स्थानीय लम्बोदर कायष्थले यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउनेजाने प्रक्रिया चलिरहने बताए। रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुःख, शान्ति, समृद्धि छाउनुका साथै पूजा गर्ने व्यक्तिलाई पनि धर्म हुने जनविश्वास रहेको उनले बताए।

किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देव-कन्या, नाग-कन्या, गन्धर्व-कन्या, किन्नर-कन्या र किच-कन्या मानव-कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थकता प्राप्त हुने धार्मिक विश्वास रहिआएको लम्बोदरले बताए। बनेपाका सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवी ‘कन्या’ भएकाले कन्यालाई पूजा गरे राक्षसको दुष्प्रभावबाट पनि बच्न सकिने हुँदा कन्यापूजाको प्रचलन रहिआएको उनले बताए।

पूजामा सहभागी कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी तथा बाजाको व्यवस्थापनसमेत गर्दछन्। बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति वा वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ।

बनेपा नगरपालिका-३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा गरेपछि कन्यापूजा सुरु हुने गर्दछ। स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुँइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए। “सोही प्रचलनलाई सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्ष पछि सबै जातजातिका कन्यालाई पूजा गर्न थालिएको हो”, उनले भने।

यहाँ हुने कन्यापूजामा प्रतिकन्या रू चार सय बराबरका सामग्री उपलब्ध गराइन्छ। गत वर्ष आठ हजार कन्याका लागि तीन करोड २० लाख खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले बताए। उनका अनुसार दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन्।

“नेवाः कन्या-पूजाका नाममा टिकट दिएर गरिने कन्यापूजा बनेपा नगरपालिका-८ दक्षुटोलमा आयोजना हुने भएको छ”, वैद्यले भने, “कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा प्रत्येक वर्ष दुई हजार कन्या सहभागी हुन्छन्।” उनका अनुसार जन्माष्टमीको दिन र जन्माष्टमीभन्दा दुई दिन अघि गरी वर्षमा दुईपटक कन्यापूजाको आयोजना गरिन्छ।

सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.