• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भदौमै फल्न थाल्यो अर्याल फार्मका सुन्तला


आइतबार, भदौ ०३, २०८० मा प्रकाशित

स्याङ्जा– स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ। पुतलीबजार नगरपालिका-११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो। उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ।

Advertisement

अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन्। उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन्।

शान्ति कफी ट्रेड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन्। सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन्। ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले बताए। “उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्”, उनले भने, “अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन्।”

उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उनले बताए। “बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ”, कृषक अर्यालले भने, “अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौँ।” उनले उन्सु जातका सुन्तलाले एक/दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताए।

“कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए”, उनले भने, “सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु।”

अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए। “तत्कालीन समयमा गाउँमा ओमबहादुर केसी नाम गर्नुभएका ज्येष्ठ बुवा हुनुहुन्थ्यो, उहाँले गाउँभरिका सबैलाई सुन्तला रोप्नुपर्छ भनेर निःशुल्क बिरुवा दिनुहुन्थ्यो”, उनले पुराना दिन सम्झिए, “उहाँकै प्रेरणा र हौसलाका कारण सुन्तला खेतीमा लागेको छु।”

अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन्। उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताए। उनले पुतलीबजार-१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाएका छन्।

उनले उत्पादन गरेको सुन्तला काठमाडाैँ, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ। कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उनले बताए। अर्यालकी श्रीमती उमाले श्रीमानकाे कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताइन्।

अर्यालले सय बढी कृषिसम्बन्धी तालिम लिएका छन्। उनले हाल सुन्तला र कफीसम्बन्धी जिल्ला बाहिर र जिल्लाभित्र प्रशिक्षकका रुपमा तालिमसमेत दिँदै आएका छन्। उनको फार्ममा अहिले पाँच जनाले रोजगारी पाएका छन् भने सुन्तलाको याममा २० जनासम्मले रोजगारी पाउने गरेका छन्।

कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको बताए। उनले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताए।

“यहाँ वार्षिक रु १० लाखभन्दा धेरै आम्दानी गर्ने व्यावसायिक कृषक पाँच सयभन्दा धेरै छन्, सहकारी, समूहलगायत रु १० लाखभन्दा कम आम्दानी गर्ने कृषक हजारौँको सङ्ख्यामा छन्”, प्रमुख हमालले भने, “यहाँ सुन्तला खेतीका लागि उपयुक्त माटो र हावापानी राम्रो भएकाले किसान सुन्तला खेतीप्रति आकर्षित भएका हुन्।”

उनले सुन्तला ग्रेडिङ गर्ने मेसिन स्याङ्जामा मात्र रहेको बताए। उनका अनुसार कृषि ज्ञान केन्द्रले सुन्तलाखेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग किरा व्यवस्थापन, निःशुल्क बिरुवा वितरण, बारबन्देजलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।

आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.