• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ


बुधबार, पुष २८, २०७८ मा प्रकाशित

काठमाडौं -मकवानपुर रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट बिभिन्न लागूऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मकवानपुर मनहरी गाउँपालिका-८ सिमपानीबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध चरेस र १० किलो अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित राक्सिराङ गाउँपालिका-६ बस्ने ३३ वर्षीय सन्त बहादुर थिङ सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु.३ च ९७४ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी गाडी चालक थिङ समेत ३ जनालाई पक्राउ गरेको हो ।

रुपन्देही तिलोत्तमा नगरपालिका-७ भलवाडीबाट विभिन्न लागूऔषध सहित भारत महाराजगंज नौतुनुवा बस्ने २० वर्षीय  सेहावाद आलम लगायत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ  र नियन्त्रित लागूऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट, नगद १८ हजार ९ सय रुपैयाँ र ६ थान मोबाइल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

बाँके नेपालगंज उपमहानगरपालिका-२० राझा चोकबाट नियन्त्रित लागूऔषध ४ लिटर कोरेक्स र १ हजार क्याप्सुल ट्रामाजोल सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ४२ वर्षीय बिबेकसिल मल्ललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनले बोकेको कार्टुमा राखेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट १६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दाङ घोराही उपमहानगरपालिका-१३ बस्ने ३६ वर्षीय अरुण रोका मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अशोक पाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको   हो ।

धनुषा औरही गाउँपालिका-१ पौडौश्वरबाट २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा, नियन्त्रित लागूऔषध १२ ट्याब्लेट नाइट्राभेट र ४ क्याप्सुल स्पास्मो प्रोक्सभिन प्लस सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय अजय सहनी र ४२ वर्षीय कृष्णा सहनी रहेका छन् । ज.३ प ८९५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक अजय र मोटरसाइकलमा सवार कृष्णालाई पक्राउ गरेको हो ।

मोरङ रतुवामाई नगरपालिका-३ माहादेवाबाट १८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र ५ लिटर कोरेक्स जस्तो देखिने वस्तु सहित झापा गौरीगंज गाउँपालिका-५ बस्ने ३५ वर्षीया सरस्वती शाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेकी उनलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा लहान नगरपालिका-१२ पडरिया चोकबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ११ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने प्रशान्त चौधरी लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलियाबाट नियन्त्रित लागूऔषध १ सय ३३ ट्याब्लेट उइनस्पास्मो र ९ ट्याब्लेट नाइट्राभेट सहित शुद्धोधन गाउँपालिका-१ बस्ने २१ वर्षीय रेशम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बुधबार, पुष २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.