कालिकोट -पलाता गाउँपालिका-५ सल्लीकोट बस्ने ३० वर्षीय जन्मन शाहीको भिरबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
औलाखोला लघु-जलविद्युतको पावर बनाउन जाने क्रममा सोही गाउँपालिका-६ औलाखोलास्थित भिरबाट लडेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय थिर्पु र अस्थाई प्रहरी पोष्ट करदेवबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।