नवलपरासी- बर्दघाट नगरपालिका-२ आम्बास बस्ने २१ वर्षीय तुल बहादुर घर्ती सहित करिब १६ जना व्यक्तिहरुबिच आपसी झै-झगडा तथा कुटपिट हुँदा सोही नगरपालिका सुखौरा बस्ने २५ वर्षीय विशाल भन्ने सूर्य बहादुर थापाको मृत्यु भएको छ ।
Advertisement
उनीहरूबीच शुक्रबार साँझ भएको झगडा तथा कुटपिटमा टाउकोमा चोट लागि गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न १५ जनालाई आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।