सिरहा -गोलबजार नगरपालिका-६ बस्ने आनन्द साहको देव किराना पसलमा आइतबार बिहान आगलागी हुँदा नगद २ हजार रुपैयाँ तथा विभिन्न सामान जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले सशस्त्र प्रहरी बल नेपाल, दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।