• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बाँकेका मुसलमानमा ढाका टोपी मोह !


    Avatar photo
बिहिबार, साउन १८, २०८० मा प्रकाशित

बाँके- नेपालगञ्‍जमा बसोबास गर्ने मुस्लिम समुदायमा ढाका टोपी लगाउनेको संख्या बढ्दो छ। नेपालगञ्‍जका अधिकांश मुस्लिम अगुवा ढाका टोपीमा सजिएर बजार निस्किन्छन्।

Advertisement

कार्यक्रम, समारोह र पार्टीमा मात्र नभई घर, पसल तथा घरबाहिर जाँदा ढाका टोपी लगाउँछन्। नेपाली राष्‍ट्रिय पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको समाजसेवी मोहम्मद हारुन बताउँछन्। ‘धर्मगुरुदेखि सर्वसाधारणले नेपाली टोपी पहिरिन्छन्,’ उनी भन्छन्।

उनको भनाइमा मुस्लिम समुदायमा टोपी लगाउने परम्परा नै हो। कुनै शुभ कार्य वा धार्मिक गतिविधिमा टोपी लगाउने प्रचलन छ। ‘टोपी लगाउने मुस्लिम समुदायको संस्कृति नै हो,’ उनी भन्छन्।

नेपालगञ्‍जका मुस्लिमले टोपीलाई नेपाली पहिचानसँग जोडेर हेर्ने गरेका छन्। त्यसमध्येकै हुन्, नेपालगञ्‍ज उपमहानगरपालिका-४ गणेशपुरका मेराज अहमद हलवाई। पसलमा बस्दा होस् वा घरबाहिर जाँदा ढाका टोपी लगाउँछन् उनी। भन्छन्, ‘नेपालीको पहिचान झल्काउन ढाका टोपी लगाउँछु।’

ढाका टोपी नलगाउँदा नेपालगञ्‍ज-१ धम्बोझीका रहमान मियाँलाई के-के बिर्सेजस्तो लाग्छ। बाल्यकालदेखि नै ढाका टोपी लगाएकाले टोपी नलगाए उनलाई खल्लो महशुस हुन्छ। उनी पनि हमेशा ढाका टोपीमै सजिएका हुन्छन्।

बाल्यकालदेखि नै टोपी लगाउने बानी परेकोले टोपी नलगाउँदा अर्कै महशुस हुने उनी बताउँछन्। ‘ढाका टोपी लगाउन पाउँदा गर्व लाग्छ,’ भन्छन्, ‘नेपाली मुस्लिमको परिचय ढाका टोपीले दिने गरेको छ।’

पूर्वसांसद अब्दुल हमिद सिद्धिकीले पनि घरबाहिर निस्कँदा ढाका टोपी पहिरिएकै हुन्छन्। नेपाली मुसलमानको पहिचान बनाउन ढाका टोपी लगाउने गरेको उनी बताउँछन्। टोपी लगाएर मात्र शुभ कार्यमा सरिक हुन्छन् उनी।

ढाका टोपीले विदेशमा नेपाली मुस्लिमको सम्मान

ढाका टोपीमा सजिँदा टाढैबाट नेपाली नागरिक भएको प्रष्‍ट देखिन्छ। त्यसैले नेपालगञ्‍जका व्यापारी मोहम्मद सफिक बागवान जता पुग्दा पनि ढाका टोपी छुटाउँदैनन्। हजका लागि साउदी अरेबियाको मक्का मदिना गएको बेला पनि उनी ढाका टोपीमै सजिए। ‘ढाका टोपी लगाएको देखेर अरबमा बस्दै आएका एकजना नेपाली दौडिँदै आएर मलाई भेटे,’ उनी भन्छन्, ‘टोपीले नै म नेपाली मुस्लिम भएको परिचय गरायो।’

नेपाली टोपी लगाएर भारतमा जाँदा सम्मान मिल्ने गरेको हाजी मोविन अहमद बताउँछन्। टोपीले नेपाल र नेपालीको पहिचान गराउने र राष्‍ट्रियता पनि बलियो उनको ठम्याइ छ। ‘भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक व्यवहार पाउँछन्,’ उनी भन्छन्।

इस्लाम धर्ममा टोपी अनिवार्य

भगवानको अगाडि टाउको देखाउन हुँदैन भन्‍ने धार्मिक मान्यता छ, मुसलमान समुदायमा। त्यसैले पूजापाठ वा शुभ साइतमा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको पनि। धर्मगुरु मौलाना जब्बार मन्जरीको भनाइ छ, ‘मस्जिदमा नमाज पढ्दा र कुनै शुभ कार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिनुको कारण पनि त्यही हो।’

त्यसैले आफूलाई मन पर्ने टोपी लगाउन छूट छ यो समुदायमा। ‘अरू टोपी लगाउँदा पनि हुन्छ। तर, मुस्लिम धर्मका अधिकांश अगुवाले ढाका टोपी नै लगाउँछन्,’ उनी भन्छन्, ‘अन्य टोपीभन्दा आफ्नो देशको राष्‍ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ।’ नेपालीको पहिचानका लागि टोपी अनिवार्य ठान्छन् उनी।

नेपालगञ्‍जमा ढाका टोपीको बढ्दो व्यापार

नेपालगञ्‍जमा ढाका टोपीको व्यापार सन्तोषजनक रहेको घरबारी टोलस्थित पाल्पाली ढाका टोपी पसलका प्रोप्राइटर कृष्‍णप्रसाद कँडेल बताउँछन्। ०४२ सालदेखि नेपालगञ्‍जमा ढाका टोपीको व्यापार गर्दै आएका छन् कँडेलले। त्यसैबाट दैनिक जीवन सहज ढंगले चलेको छ उनी र उनको परिवारको।

पञ्‍चायत कालको तुलनामा पछिल्लो समय टोपीको व्यापार केही खस्किएको उनको अनुभव छ। पूजाआजा, विवाहमा ढाका टोपी खरिद गर्नेहरू बढी आउँछन्, हिजोआज। बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेपालीले ढाका टोपी लगाउन छोडेको उनको अनुभव छ। राज्यको नीतिका कारण नयाँ पुस्ताले ढाका टोपी लगाउन छोडेको उनले बुझेका छन्। ‘पञ्‍चायत कालमा जिल्ला प्रशासन कार्यालय जान पनि ढाका टोपी अनिवार्य थियो। त्यसैले व्यापार पनि राम्रो हुन्थ्यो,’ उनी भन्छन्।

राज्यले ढाका टोपी संरक्षणका लागि नीति ल्याउनुपर्ने उनी सुझाउँछन्। ढाका टोपीले नेपाल र नेपालीको पहिचान जोगाउने भएकाले संरक्षणका लागि नीतिगत व्यवस्था हुनुपर्ने उनी बताउँछन्। ढाका टोपीको संरक्षण र प्रबर्द्धन गर्न सके अर्थतन्त्रमा टेवा पुग्‍ने र रोजगारी सिर्जना हुने उनले बुझेका छन्।

बिहिबार, साउन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.