काठमाडौं –भक्तपुर, मध्यपुरठिमी नगरपालिका-२ सानोठिमीस्थित नागरिक उड्यन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा काठमाडौं जडिबुटी बस्ने मकवानपुर हेटौंडा घर भएकी ८० वर्षीया उखुमाया गोले बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
ललितपुर ललितपुर महानगरपालिका-१८ चोभार सेतोपाटीस्थित नयाँ बन्दै गरेको घरको भुँईतलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बझाङ सुर्मा गाउँपालिका-१ नौला बस्ने ४४ वर्षीय किट्टु बोहरा सोही ठाउँस्थित पदाली जंगलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान घरबाट निस्किएका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो ।
बझाङ -छबिसपाथिभेरा गाउँपालिका-७ बुडखोरी बस्ने ४३ वर्षीय जंग धामी सोही गाउँपालिकास्थित नौकाते भन्ने ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम) सुनवल नगरपालिका-११ केवानीस्थित पानभार खोलामा सोही ठाउँ बस्ने ८३ वर्षीय अंक बहादुर बाह्रघरे बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही बुटवल उपमहानगरपालिका-६ पुरानो बसपार्कमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।