• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सामाजिक सञ्जालमा भाइरल भिडियोमा लडेको भनिएका व्यक्ति प्रचण्ड नै हुन्

बिहिबार, पुष १५, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- सामाजिक सञ्जाल ट्वीटर, टिकटक र फेसबुकमा यतिखेर एउटा भिडियो क्लिप भाइरल भएको छ । भिडियोमा एउटा ओरालो बाटोबाट एक हुल मानिस हिँडिरहेका छन् । तीमध्ये एकजना चिप्लिएर लड्छन् । ती व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता प्रचण्ड भएको दाबी गरिएको छ ।

गत पुस १४ गते @Kiranjoshi235 नामक ट्वीटर प्रयोगकर्ताले ‘प्रचण्ड चिप्लिएको अवस्था । दुई शब्द जाओस्न’ भन्दै उक्त भिडियो क्लिप शेयर गरेका छन् । उक्त ट्वीट ३१ पटक रिट्वीट भएको छ भने २२ पटक त्यसलाई उद्धहरण गरिएको छ । सोही ट्वीट @329shankar नामक ट्वीटर प्रयोगकर्ताले पनि शेयर गरेका छन् । टिकटकमा @tembagrg1 नामक एकाउन्टबाट पुस १३ मा पनि सोही भिडियो क्लिप शेयर गरिएको छ । उक्त भिडियोमा १४ हजार बढी प्रतिक्रिया आएको छ भने ३ लाख भन्दा बढी पटक हेरिएको छ ।

हामीले उक्त भिडियोमा लडेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेका छौँ ।

उक्त भिडियोमा देखिएका व्यक्तिहरुको तस्बिर प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले आफ्नो फेसबुकमा गत कात्तिक २५ गते शेयर गरेकी थिइन् । त्यसमा उनले ‘डोल्पाको विविध कार्यक्रमको क्रममा’ भन्ने स्टाटस लेखेकी थिइन् । त्यसको एक दिनअघि उनले सोही कार्यक्रमका फोटो सहित यस्तो स्टाटस लेखेकी थिइन्, “अध्यक्ष कमरेड प्रचण्ड सँगै अर्थ मन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डोल्पाको डोल्पो बुद्ध नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष लगायत सम्पुर्ण वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रम लगायत डोल्पाको विभिन्न ठाउँको अवलोकन साथै जनतासँग भेटघाट ।”

उक्त कार्यक्रमबारे केही अनलाइनले समाचारसमेत प्रकाशित गरेका छन् । हामीले सो भिडियो क्लिपलाई बीच बीचमा रोकेर त्यहाँ देखिएका मान्छे, तिनका पहिरन, हाउभाउ र गंगा दाहालले फेसबुकमा शेयर गरेका फोटो बीच तुलनात्मक अध्ययन गर्यौ । भिडियोमा प्रचण्डसँगै देखिएका तीन जना र फोटोमा देखिएका मध्येका तीन जनालाई हामीले पहिचान गर्यौ । भिडियोमा प्रचण्ड लड्नुअघि उनको पछाडिको भाग मात्र देखिएता पनि उनको पहिरन, हिँडाइ र उनीसँग रहेका व्यक्तिहरुको पहिचानबाट हामी भिडियो क्लिपमा लडेका व्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन् भन्ने निष्कर्षमा पुग्यौँ ।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)

बायाँतिर भिडियोको स्क्रिनसटमा देखिएका व्यक्ति र दायाँ तस्बिरमा रातो घेरा भित्रका व्यक्ति एउटै हुन्
बायाँतिर भिडियोको स्क्रिनसटमा देखिएको रातो घेरा भित्रका व्यक्ति र दायाँ तस्बिरमा रातो घेरा भित्रका व्यक्ति एउटै हुन्
बायाँतिर भिडियोको स्क्रिनसटमा देखिएको रातो घेरा भित्रका व्यक्ति र दायाँ तस्बिरमा रातो घेरा भित्रका व्यक्ति एउटै हुन्

बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.