सुनसरी-भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलबाट ३ थान कम्प्युटरको सिपियु, ३ थान मोनिटर, १ थान प्रोजेटर र २ थान पानी तान्ने मोटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा भोक्राहानर्सिङ गाउँपालिका-५ का १८ वर्षीय किशोर र २१ वर्षीय सुरज भुजेल रहेका छन । चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु फेला पारी चोरीमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो ।