संखुवासभा- खादबारी नगरपालिका-११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने ३० वर्षीय जीवन दर्जीवीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा जिवन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।