काठमाडौं- मोरङ, बाँके, संखुवासभा, रौतटह, धनुषा र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
मोरङ रतुवामाई नगरपालिका-४ कटघरामा को.१ ख ५११० नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय हरि राम गिरीको आइतबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके कोहलपुर नगरपालिका-८ गोल्छामा कर्णाली प्रदेश ०२००१ ख ००८८ नम्बरको ट्रकको ठक्करबाट रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका-११ बस्ने ६० वर्षीय मन बहादुर केसीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संखुवासभा सभापोखरी गाउँपालिका-१ तल्लो धुपुमा प्रदेश १-०२००३ त १२२९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका-१ स्थित ठूलीआमाको घरमा बस्ने सभापोखरी गाउँपालिका-२ घर भएका ११ वर्षीय निशान राईको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट फतुवा विजयपुर नगरपालिका-११ हिमालिबासमा ना.८ ख ४२०२ नम्बरको टिपरले बा.३० प ८११५ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ५० वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा मिथिला नगरपालिका-१० लालगढमा ज.११ च १८२१ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय संजय विश्वकर्माको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढ हुँदै थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही लालबन्दी नगरपालिका-९ बस्तीपुर चोकमा ना.३ ख ७९९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री चन्द्रनगर गाउँपालिका-१ रतनपुर बस्ने १६ वर्षीय दिपेन्द्र कुमार यादवको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।