• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

काठमाडौं- सिरहा, धनुषा, बाँके, सोलुखुम्बु र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

Advertisement

सिरहा लहान नगरपालिका-३ स्थित भित्री सडकमा स.१ क २६१ नम्बरको टिपरले प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा उक्त मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सप्तरी बलान बिहुल गाउँपालिका-२ दिगियाँ बस्ने ३० वर्षीय राम कुमार यादव, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने अन्दाजी ८ वर्षीय अभिषेक यादव र ७० वर्षीय मोतिलाल यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरुको माँ-धमनी अस्पताल र कामान अस्पताल लहान हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा १ जनाको बाटोमै र अन्य २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा ना.६ ख २५५९ नम्बरको बस र बा.४९ प ६८८९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका-७ बस्ने २७ वर्षीय विकाश विकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके खजुरा गाउँपालिका-५ धनौली बजार नजिक सडकमा भे.१ ख ३३६० नम्बरको हाईसले भे.३ प ५३६९ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर दोधारा-१ बस्ने ३० वर्षीय दिनेश बरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु लिखुपिके गाउँपालिका-५ टुमाल भन्ने स्थानमा ना.७ ख ४५६४ नम्बरको टिपर सडकबाट अन्दाजी २ सय मिटर तल लिखु खोलामा खसेर बिहीबार राति दुर्घटना हुँदा टिपर चालक सोही ठाउँ डेरा गरी बस्ने ४५ वर्षीय जित बहादुर थिंङको मृत्यु भएको छ । उक्त टिपर दुर्घटना भएको र चालक फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किन्जाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा चालकको शव फेला परेको हो ।

रुपन्देही बुटवल उपमहानगरपालिका-५ तिनाउँ पुलस्थित सडकमा लु.२ ख ४९६६ नम्बरको टिपरले लु.४४ प १६११ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा स्कुटरमा सवार सर्लाही कडेना गाउँपालिका-६ बस्ने १७ वर्षीय आकाश पटेलको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.