दाङ- घोराही उपमहानगरपालिका-१३ डम्बर गाउँ बस्ने ३२ वर्षीय निम बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा निम बहादुर लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ७ सय ५५ रुपैयाँ र १० गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।