• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित

काठमाडौं- बाँके, बाजुरा, रुपन्देही, उदयपुर, बारा, धनुषा र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

Advertisement

बाँके कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा भे.४ प ८१५१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने ७० वर्षीय श्रीराम जैशीको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलले उक्त साइकललाई ठक्कर दिँदा सोही दिशाबाट जाँदै गरेको भे.१ त ५८१६ नम्बरको ट्याक्टरले पछाडीबाट पुन साइकललाई ठक्कर दिँदा जैशी गम्भीर घाइते भएका थिए । मोटरसाइकल र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाजुरा हिमाली गाउँपालिका-६ धुलाचौर बजारमा सु.प.प्र.०१ ००१ ज ११६४ नम्बरको जिपको ठक्करबाट हिमाली गाउँपालिका-६ पाडी घर भई धुलाचौर बजारमा होटल ब्यवसाय गरी बस्ने बिर्ख रोकायाको छोरा २ वर्षीय अंकित रोकायाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको हो ।  जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही सियारी गाउँपालिका-७ अमुवास्थित भित्री सडकमा लु.२ ख ७६६ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय ओम बहादुर कार्कीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई तिलोत्तमा नगरपालिका-१४ मंगलपुरचोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर चौदण्डिगढी नगरपालिका-३ हात्तिसारस्थित भित्री सडकमा फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्र २- ०३-००९ प ४८४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सप्तरी मौहुली बस्ने २५ वर्षीय बिजय घतानीको उपचारको लागि घोपा धरान पठाइएको छ ।

बारा जितपुरसिमरा उपमहानगरपालिका-१ टेलिकम नजिकै सडकमा विकाससिल चोकबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह ५३१६ नम्बरको अटो आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा अटोमा सवार  सोही ठाउँ बस्ने रविन कार्कीको छोरी १३ दिनकी शिशु इभा कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्पाईन अस्पताल सिमरामा हुँदै थप उपचारको लागि ब्योधा अस्पताल वीरगंज लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा औरही गाउँपालिका-१ झिटकैयास्थित भित्री सडकमा स.११ प २५७० नम्बरको मोटरसाइकल र ज.६ प २३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा स.११ प २५७० नम्बरको मोटरसाइकल चालक २१ वर्षीय राकेश पण्डितको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

कैलाली टिकापुर नगरपालिका-१ बनगाउँ दक्षिण पुरुवास्थित भित्री सडकमा से.१ त २१७० नम्बरको ट्याक्टरबाट लडेर जानकी गाउँपालिका-६ जगतपुर बस्ने २७ वर्षीय अम्मर चौधरीको बुधबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.