Advertisement
नयाँदिल्ली- भारतको तमिलनाडुमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका पूर्वप्रधानसेनापति विपिन रावतको निधन भएको छ ।
घटनामा उनकी पत्नी र अन्य ११ गरी १३ जनाको मृत्यु भएको हो । जनरल रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) हुन् । भारतका प्रधानसेनापतिबाट अवकाश पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई सीडीएस नियुक्त गरेका थिए ।
हेलिकोप्टरमा १४ जना सवार थिए । तीमध्ये एकजनालाई मात्र जीवितै उद्धार गरिएको छ । उनीहरू सवार भारतीय वायु सेनाको हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो दुर्घटना भएको हो ।