काठमाडौं- काठमाडौं महानगरपालिका-६ बौद्ध नागेश्वर गल्लीस्थित सडक छेउमा पार्किङ गरी राखेको हाल नम्बर नखुलेको मोटरसाइकमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।
ललितपुर गोदावारी नगरपालिका-५ सिजापाती गाउँ बस्ने उतम सिजापातीको टहरोमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा लत्ताकपडा सुन तथा चाँदीका बिभिन्न गहना, फर्निचर लगायतका सामान जलेर करिब ७ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका-५ बलियास्थित बाबादल खानेपानीको फ्याक्ट्रीमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फ्याक्ट्रीभित्र रहेको सम्पूर्ण सामान जलेर करिब ३ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाम माई नगरपालिका-७ जोरखोला बस्ने धन बहादुर राईको घरमा खोले पकाउने क्रममा नजिकै रहेको परालबाट आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पाँचथर, तुम्बेवा गाउँपालिका-१ जोरसल्ले बस्ने एसिया सम्बाहाम्फेको घर डेरामा लिई सोही ठाउँ बस्ने कृष्ण राज भण्डारीले सामान राखेको गोदाममा सोमबार साँझ आगलागी हुँदा घर, १ सय ४० बोरा चामल, ६ बोरा चोकर, १० बोरा ब्राण्ड र ५०० क्युफिट सल्लाको काठ समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रोल्पा सुनछहरी गाउँपालिका-६ थर्म बस्ने शान्त कुमार बुढामगरको घरमा आइतबार राति आगलागी हुँदा अन्नपात, भाँडावर्तन, २ तोला सुन, २० तोला चाँदी र नगद ५० हजार रुपैयाँ समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।