काठमाडौं- काठमाडौं कीर्तिपुर नगरपालिका-९ नःगाउँस्थित सडकमा कीर्तिपुर बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-२ घर भएका ४६ वर्षीय रामकृष्ण बल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका-७ जितपुर बस्ने ५० वर्षीय यज्ञ मुर्ती आचार्य घरदेखि करिब २ किलोमिटर टाढा खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । बिहान बजार जान्छु भनि घरबाट हिँडेका उनको शव उक्त स्थानमा फेला परेको हो ।
काभ्रे पनौती नगरपालिका-१० बुटापोल खोपासी बस्ने ५८ वर्षीय केशव दाहाल बेथानचोक गाउँपालिका-५ बालुवा सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । मंसिर १० गतेबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।
महोत्तरी एकडारा गाउँपालिका-५ बडेडा बजारस्थित पोखरीमा जलेश्वर नगरपालिका-७ अंकार बस्ने ४२ वर्षीय राम श्रेष्ठ यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।