सप्तरी- बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका-३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेको अवस्थामा प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उल्टै प्रहरी कर्मचारीमाथि हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।