• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चौतारी, पोखरी र वर, पीपल संरक्षण गर्दै जैमिनी


शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

काठमाडौं-  बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर, पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर, पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै नगरले अभियान थाल्ने भएको हो ।

Advertisement

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वर, पीपल चौतारी संरक्षण, वर, पीपल रोप्ने कार्यलाई प्रश्रय दिने र विश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्बन गरिने बताए ।

‘सबै वडा, टोल र बस्ती सफा र सुन्दर बनाउने अभियानमा जुट्न नगरवासीलाई प्रोत्साहन गरिनेछ । यस कार्यलाई प्रतिस्पर्धी बनाई पुरस्कृत गर्ने नीति अवलम्वन गरिनेछ । वन क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई बन्देज गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

सडक निर्माण, भवन निर्माणलगायतका सार्वजनिक संरचना निर्माण गर्दा पौराणिक चौतारी, पोखरी र वर, पीपलका रुख अतिक्रमण हुने गरेका थिए । भएकालाई जोगाउने र नभएको ठाउँमा बनाउनका लागि प्रोत्साहन गर्ने नीति जैमिनीले बनाएको हो ।

नगरले ऐतिहासिक स्थल र प्राचीन सम्पदाको संरक्षण र सम्वद्र्धन थाल्ने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वका देवालय, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘प्रसिद्ध जैमिनी धाम, थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, हाडिकोट क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तिढुङ्गा, पुतली गरा छिस्ती, कमल जैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सती मन्दिर जैदी, रिठे डाँडा, कोट, मर्नास टाँपु, नागढुङ्गा र जनै मन्तर्नी पोखरीजस्ता आस्थाका प्रसिद्ध धरोहर एवं कालापातल राङखानीलगायतका खानी निर्मित सुरुङ जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारले नगरको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगर उपप्रमुख हरिहर शर्माले बताए । जैमिनी नगरपालिकाभित्र रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक महत्व झल्कने ‘जैमिनी सांस्कृतिक गान’को निर्माण गरी प्रचारप्रसार गरिने नगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा स्थापित एवं प्रदेशस्तरमा समेत पहिचान बनाउन सफल भजन समूह एवं रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु तथा जैमिनी मेला, माघेसङ्क्रान्ती मेला, गाजादह मेला, वैठकुण्ठ चर्तुदर्शी मेला, ठूली एकादशी मेला, हाडिकोट मेला र पुरानो गाउँ मेलालगायतका धार्मिक, सामाजिक तथा सांस्कृतिक मेला पर्व तथा महोत्सवलाई थप व्यवस्थित एवं प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्ने नीतिमा उल्लेख छ ।

 

शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.