काठमाडौं- बारा कलैया उपमहानगरपालिका-२६ बरवा टोल बस्ने महिन्द्र सहनीको घरको बिद्युत मिटरको तार सर्ट भई आइतबार दिउँसो आगलागी भई उनको घर नजिक रहेको २ वटा घरमा समेत आगो सल्किएर आगलागी हुँदा तीन वटा घर र घरमा रहेको अन्नपात, लत्ताकपडा लागयतका सरसामान जलेर करिब ४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बारा निजगढ नगरपालिका-३ पिपलटार बस्ने जगत बहादुर भोलनको घरमा बिद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-६ डङ्ग्राहा टोलस्थित गोठमा बालेको घुरबाट आगो सल्कन गई सोही ठाउँ बस्ने ६६ वर्षीय रामदेव मण्डल लगायत ६ जनाको गोठमा आइतबार राति आगलागी हुँदा करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलाली गोदावरी नगरपलिका-४ बसन्तपुर बस्ने लोकेन्द्र साउँदको दिक्षित सप्लायर्स नामक गोदाममा बिद्युतको तार सर्ट भई गएराति आगलागी हुँदा गोदाममा रहेको किरानाका सामान, मदिरा तथा पेय पदार्थहरु जलेर करिब ९५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
चितवन भरतपुर महानगरपालिका-१ रामनगर खानेपानी ट्याङ्की नजिक सोही महानगरपालिका-२ बस्ने राजुलाल श्रेष्ठको ईको पाइप फ्याक्ट्रीमा आइतबार राति आगलागी हुँदा उक्त फ्याक्ट्रीको साईडमा रहेको पाईप, कच्चापदार्थ बनाउने मेसिन जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रुपन्देही देवदह नगरपालिका-३ सूर्यपुरास्थित यज्ञ अर्यालको अर्याल सप्लायर्स तथा हार्डवयर पसलमा बिद्युत सर्ट भई सोमबार बिहान अगलागी भएको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुलेको छैन ।