काठमाडौं- काठमाडौ महानगरपालिका-७ रातोपुल नजिक धोबीखोलामा काठमाडौं रातोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-६ घर भएका २६ वर्षीय बिशाल कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं तारकेश्वर नगरपालिका-८ शेषमती गौरीगाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ३२ वर्षीय संजय घिमिरे आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर बस्ने ईलाम घर भएका ४५ वर्षीय सन्तोष लिम्बुको मोटोको ढिस्कोले पुरिएर आइतबार दिउँसो मृत्यु भएको छ । ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित अमिक्षा कन्ट्रक्सनको ग्राउण्ड फ्लोरमा काम गर्ने क्रममा अचानक माटोको ढिस्को झरेर पुरिएका उनको उद्धार गरी उपचारको लागि पुल्चोकस्थित निदान अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा गौरीगंज गाउँपालिका-२ पिण्डान घुटुस्थित खोलामा डुबेर झापा गाउँपालिका-१ बस्ने ३८ वर्षीय भिम सोरेनको आइतबार दिउँसो मृत्यु भएको छ ।उक्त खोलामा माछा मार्न गएकोमा घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारी र ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला पारेको हो ।