• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

संस्कार र संस्कृतिको विकासमा संस्थानको भूमिका प्रभावकारी : सभामुख घिमिरे


    Avatar photo
मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

सभामुख देवराज घिमिरेले मुलुकको कला, संस्कृतिको विकास प्रवर्द्धनमा सांस्कृतिक संस्थानको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

Advertisement

सांस्कृतिक संस्थानको ५१ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रव्यापीरूपमा कला, संस्कार र संस्कृतिको विकासमा संस्थानको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “हाम्रा पुराना भाका, लोक साहित्य, लोकगीत, लोकनृत्य, विभिन्न जातजातिको ऐतिहासिक संस्कार र संस्कृतिको जगेर्ना र विकास गर्ने काममा संस्थानले महत्त्वपूर्ण योगदान गर्दै आएको छ । यसले अनेकताभित्रको एकतालाई विस्तार गर्ने, संस्कृति, परम्परा र मर्यादालाई उत्थान प्रवर्द्धनमा योगदान पुग्छ ।”

सभामुख घिमिरेले देशलाई कला र संस्कृतिको माध्यमबाट थप समृद्ध बनाउन र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा संस्थानले भूमिका खेलेको उल्लेख गर्नुभयो । “लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्ने, ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने संस्कृतिको विकास गर्ने विभिन्न धर्म र संस्कृतिका परम्परा सङ्गीतका विभिन्न विधामा अभिव्यक्त हँुदै आइरहेको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

संस्थानका महाप्रबन्धक अशोककुमार राईले मौलिक एवं लोक संस्कृतिको विकास एवं प्रवर्द्धनमा संस्थानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो ।

संस्थानले यसै वर्षदेखि नमूनाका रूपमा सुरु गरिएको ‘एक प्रदेश एक स्थानीय तह’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकादेखि पूर्वको इलामस्थित सूर्योदय नगरपालिकासम्म पुगेर सांस्कृतिक जागरण अभियान सञ्चालन गरेको छ । यसले मौलिक संस्कृति, वेशभूषा, रहनसहन, जीवनशैली एवं प्रस्तुतीजन्य लोककलाको संरक्षण प्रवर्द्धन विकासमा स्थानीय निकायलाई थप जागरुक बनाएको महाप्रबन्धक राईले बताउनुभयो ।

कूटनीतिक नियोगसँग लोकसांस्कृतिक आदनप्रदान गर्ने अभियानस्वरूप भारतीय राजदूतावास काठमाडौँ र संस्थानको संयुक्त आयोजनामा मासिक धाराबाहिक कार्यक्रम सञ्चालन भइरहेको छ । अन्य छिमेकी र मित्रराष्ट्रसँग पनि समन्वय यस्ता कार्यक्रम विस्तार गरी विश्वव्यापीरूपमा लैजाने योजना रहेको संस्थानले जनाएको छ ।

सो अवसरमा ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान–२०८०’ बाट वरिष्ठ सङ्गीतकार गणेश रसिक, ‘सांस्कृतिक संस्थान राष्ट्रिय सङ्गीत पुरस्कार’ गायक शम्भु राई र ‘सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार’ विमला श्रेष्ठ क्षेत्रीलाई नगद रु ५१ हजारसहित कदरपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

त्यसैगरी सांस्कृतिक संस्थान नाटक पुरस्कारबाट सुष्मा शाही तथा कदरपत्रबाट अशोक राई र लीलाधर बास्कोटालाई सम्मान गरिएको थियो । सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कारबाट केशवराज राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न कला, संस्कृति, पहिचान झल्कने विभिन्न साङ्गीतिक प्रस्तुति गरिएको थियो ।

मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.