• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई


    Avatar photo
मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा महासङ्घले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई ३–१ को सेटमा पराजित गरेको थियो ।

Advertisement

फाइनलको पहिलो खेलमा २५–२१ का अन्तरले लिखुले अग्रता लिए पनि दोस्रो, तेस्रो र चौथो सेटमा भने लिखुविरुद्ध महासङ्घले २५–२०, २५–१९ र २५–२२ को अन्तरले विजय हासिल गरी नगद पुरस्कार, ट्रफी र मेडल हात पार्दै महासङ्घ च्याम्पियन बनेको हो ।

त्यस्तै न्यूटन एकेडेमीले आयोजक टिम ॐ सिर्जनशस्ल समाजलाई ३–० को अन्तरले पराजित गर्दैै तेस्रो स्थान सुनिश्चित गरेपछि आयोजक टिम समाजले सान्तवनामै चित्त बुझाउनुपरेको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने ने महासङ्घलाई नगद रु ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार रु २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र, तेस्रो हुने न्यूटन एकेडेमीलाई रु १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ॐ सिर्जनशील समाजलाई रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै प्रतियोगिताको फाइनल खेलमा महासङ्घका खेलाडी विष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधि पाउनुभयो भने बेस्ट स्पाइडरमा महासङ्घकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासङ्घकै सन्तोष रानामगर, बेष्ट सेटर महासङ्घकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधि लिखु–८ का सन्दीप थापा र बेष्ट सर्भर न्यूटन एकेडेमीका धिरजकाजी बस्नेतले उपाधि हात पार्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य थापाले खेलमा दर्शकदीर्घाको आकर्षण र सहभागिता देख्दा यहाँ भलिबल खेलका लागि आवश्यक खेलमैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । त्यस अवसरमा जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक–४ का वडाध्यक्ष लछुराम न्यौपाने, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसीलगायतले भलिबल खेलमैदानको आवश्यकतालाई सङ्घ, प्रदेश र स्थानीय सरकारले पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर भलिबल खेलमा उत्कृष्टता हासिल गर्ने खेलाडी धिरजकाजी बस्नेत र विष्णु बस्नेतलाई प्रदेशसभा सदस्य थापाले सम्मान गर्नुभयो । आयोजक समितिका संयोजक पेशल आचार्यले प्रतियोगितामा आठ जिल्लाका १० समूहको सहभागिता रहेको जानकारी दिनभयो । प्रतियोगितालाई विभिन्न सहयोग पुर्याउने दाता एवं सहयोगीलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।

मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.