• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मनमोहक अन्‍नपूर्ण फेदीमा मौरिस हेर्जोगको पदचाप !


मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

बेनी- बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता नर्थ अन्‍नपूर्ण पदयात्रामा बितायो। बेलायतमा ‘माउन्टेन किङ्डम्स यूके’ सञ्‍चालन गरेका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आएका छन्। नर्थ अन्‍नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको टोलीअन्‍नपूर्ण गाउँपालिका-४ नारच्याङदेखि पदयात्रा गर्दै आधार शिविर पुग्यो।

Advertisement

समुद्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको नर्थ अन्‍नपूर्णको मुख्य आधार शिविरसम्म पुगेको सो टोलीले नर्थ अन्‍नपूर्ण आधार शिविर पदयात्राका लागि सुरक्षित र उत्कृष्‍ट गन्तव्यका रूपमा रहेको निष्‍कर्ष निकालेको छ। नारच्याङ हुँदै आधार शिविर पुग्‍ने पदयात्राको अवधि छोटिएको सूचना पाएपछि ७४ वर्षीय बेरी आफ्नो कम्पनीका नेपाल प्रतिनिधिको साथमा आफैं पदयात्रामा निस्केका हुन्।

नेपालका अन्य धेरै हिमाली पर्यटकीय ठाउँमा पुगिसकेका नर्थ अन्‍नपूर्ण पदयात्रा सबैभन्दा उत्कृष्‍ट लागेको प्रतिक्रिया दिए। भने, ‘हामी यहाँ यदयात्राका लागि पर्यटक पठाउन कति सम्भव छ भनेर खोजी गर्न आएका थियौं। यति छोटो दूरीको पदयात्रापछि नै हिमालको फेदीमा पुग्‍न सकिन्छ भनेर सोचेका पनि थिएनौं। साँच्चीकै हामी अचम्मित भएका छौं।’

बेरीको पर्यटन व्यवसायीकै टोलीमा सहभागी थिए, माउन्टेन लेजेन्ट प्रालिका प्रतिनिधि शेषकान्त शर्मा। हिमालका प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएकाले पनि यसको ऐतिहासिक महत्त्व खोज्दै विदेशी पर्यटकहरु आउन इच्छुक रहेको उनले बताए।

‘आधार शिविर पुग्‍ने पदमार्ग पनि सुरक्षित रहेछ। आधार शिविर पुगेपछि पनि प्रशस्त समथर फाँट भएकाले प्राकृतिक विपत्तीकोसमेत कम जोखिम देखिन्छ,’ शर्माले भने, ‘यो ठाउँको मनोरम प्राकृतिक दृश्यको प्रचार-प्रसार भयो भने यहाँ पर्यटकको आगमन ह्वात्तै बढ्न सक्छ। सोहीअनुसार पर्यटन पूर्वाधारको तयारीमा जुट्नुपर्ने देखिन्छ।’ पदमार्गमा होटल सुविधा विस्तार गर्न आवश्यक रहेको उनले बताए।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्‍नपूर्ण आधार शिविर पुग्‍न हुमखोलासम्मको २० किलोमिटर लामो सडक पुगेको छ। यस्तै, हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ। सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ-ठाउँमा आश्रयस्थललगायत पूर्वाधार निर्माण भएपछि म्याग्दीका पर्यटन व्यवसायीसमेत यस क्षेत्रको प्रबर्द्धनमा जुटेका छन्।

अन्‍नपूर्ण प्रवेशद्वारका रूपमा रहेको अन्‍नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीका पर्यटन व्यवसायी अमृतमान शेरचन, राजु हमाललगायतको टोलीले समेत स्थलगत रूपमा आधार शिविर क्षेत्रसम्म पुगेर पर्यटन सम्भावनाको खोजी गरेका छन्। तातोपानीमा पर्यटकका लागि होटल सञ्‍चालन गर्दै आएका शेरचनले यात्रा अवधि छोटो भएकाले यस क्षेत्रको प्रचारप्रसार र प्रबर्द्धन गर्न सकेमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।

३ जुन १९५० मा फ्रान्सका मौरिस हेर्जोगले अन्‍नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। उनले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्ग पछ्याउँदै ०६८ सालमा ‘मौरिज हेर्जोग पदमार्ग’ पहिचान गरिएको थियो। पदमार्गलगायत पूर्वाधारहरू निर्माण भएपछि गाउँपालिकाले प्रबर्द्धन अभियान थालेको अध्यक्ष भारतकुमार पुनले बताए। यस क्षेत्रको प्रचार-प्रसार तथा थप पर्यटन पूर्वाधार बनाउन पालिकाले आवश्यक पहल थालिसकेको उनले जानकारी दिए।

नर्थ अन्‍नपूर्ण हिमालको आधार शिविर पुग्‍न मुस्ताङको टुकुचे हुँदै नारच्याङको भुसकेटमेला निस्कने परम्परागत वाटो जोखिमपूर्ण मानिन्छ। सोही कारण नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाइमा ०६८ सालमा स्थानीयवासीको टोली चार दिन लगाएर आधार शिविर पुगेको थियो। त्यसपछि नै हो, अहिलेको पदमार्गको पहिचान भएको पनि। स्थानीय १५ जनाको टोली ६२ ठाउँमा अस्थायी साँघु बनाउँदै आधार शिविर पुगेर फर्किएका थिए।

सन् २००५ मा अन्‍नपूर्णका प्रथम आरोही मौरिस हेर्जोग हेलिकोप्टरमार्फत नारच्याङ आएर यो पदमार्गको विकासमा चासो राखेका थिए। त्यसपछि नै हो, स्थानीयवासीले यसको प्रबर्द्धनमा सक्रियता बढाएको पनि। ०६७ सालमा अन्‍नपूर्ण आधार शिविरसहित भुरुङ तातोपानी र रुप्से झरनालाई प्रचारप्रसारका लागि अन्‍नपूर्ण तातोपानी रुप्से महोत्सवसमेत आयोजना गरियो। पछि पर्यटन मन्त्रालयमार्फत बजेट विनियोजन हुन थालेपछि नारच्याङ गाउँदेखि छोटेपा हुँदै हुमखोला क्षेत्रमा पैदलमार्ग बनाउन थालिएको थियो। अहिले जलविद्युत् कम्पनीले यस क्षेत्रमा सडकको पहुँच पुर्‍याइसकेका छन्।

२०७६ सालमा गाउँपालिकाले नारच्याङमा प्रथम अन्‍नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो।  अहिले अन्‍नपूर्ण आधार शिविर पुग्‍ने पदमार्ग निर्माण सकिएको छ भने ठाउँ-ठाउँमा झोलुंगे पुल बनेका छन्। अन्‍नपूर्ण आधार शिविरमा पुग्‍ने पदमार्ग, झोलुंगे पुल, आश्रयस्थललगायत पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले पटक-पटक गरी दुई करोड ८० लाख र अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्। पदमार्गअन्तर्गत आधार शिविर, धरमढुंगा, भुसकेटमेला, गुफाफाँट, सन्धिखर्क, हुमखोला र छोटेपामा आश्रयस्थल निर्माण भइसकेका छन्। आधार शिविर, भुसकेटमेला र गुफाफाँटमा थप आश्रयस्थल बनाउन स्थानीयवासीले माग गरेका छन्।

अन्‍नपूर्ण आधार शिविर अन्य आधार शिविरभन्दा समथर भागमा छ। वरिपरि अन्‍नपूर्ण, अन्‍नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका मनमोहक छ। हिमालको फेदीमा रहेको विशाल पञ्‍चकुण्ड ताल यहाँको थप आकर्षण हो। करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्‍चकुण्ड तालमा आकाशे नीलो पानीको दृष्‍यले पर्यटकहरुलाई लोभ्याउँछ।

आधार शिविर पुगेपछि पर्यटकले एकै ठाउँबाट फन्को मारेर दर्जनौं हिमशृंखला अवलोकन गर्न पाउँछन्। आफ्नै शिरमा हिमाल देख्‍न पाउँदा पर्यटकहरू फुरुंग हुन्छन्। पदमार्गमा पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षण रहेको अन्‍नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। आधार शिविरकै पञ्‍चकुण्ड तालको पानी बगेर आउने मिस्त्रीखोलाको पानीले पहाडलाई काटेर झर्ने भएकाले फुतफुते झरना मनमोहक देखिन्छ।

यस पदमार्गमा पञ्‍च झरना, रातो झरनासँगै पहाड नै प्वाल परेको देखिने आकाशे गुफासमेत पर्यटकको आकर्षणका रूपमा रहेको सुवेदीले बताए। यस पदमार्गको हुमखोलादेखि भुस्केटमेला क्षेत्रसम्मको फाँटमा फुल्ने फुच्चे गुराँसका रूपमा परिचित रोडोडेन्ड्रन कोवानियम प्रजातिको फूल पर्यटकको थप आकर्षण हो। नेपालमा मात्रै पाइने रैथाने गुराँसको प्रजातिका रूपमा रहेको गुराँसको फूल पदमार्गको दायाँ-बायाँका पाखामा प्रशस्त मात्रामा भेटिन्छन्।

पदमार्गमा लौठसल्ला, भोजपत्रका हिमाली रुख बिरुवासँगै यार्सागुम्बालगायत जडीबुटी, नाउर, झारल, मृग, हिउँचितुवा पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाललगायत वन्यजन्तु र पक्षीहरूसमेत अवलोकन गर्न सकिन्छ। गाउँपालिकाको केन्द्र पोखरेबगरबाट हुमखोलासम्म सवारी साधन र २२ किलोमिटर पैदलयात्रामा सजिलै पुग्‍न सकिने भएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले प्रचारप्रसार र थप पूर्वाधार निर्माणमा पहल थालिएको गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिइन्। हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्‍नपूर्णको आधार शिविर पुग्‍न सबैभन्दा सहज बनेको छ।

आठ हजार ९१ मिटर अग्लो अन्‍नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा होटल, खानेपानी, सञ्‍चार र शौचालयको अभाव छ। यस पदमार्गको हुमखोलासम्म सामान्य होटल रहे पनि त्यहाँदेखि आधार शिविरसम्मको क्षेत्रमा कुनै पनि सुविधा छैन। होटल नहुँदा आरोहण र भ्रमणमा जाने पर्यटकले खाना र बसोबासको बन्दोबस्तका सामग्री आफैं बोकेर लैजानुपर्छ।

मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.