• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

गर्मीसँगै बढ्यो सर्पको डसाइ, कसरी बच्ने?


आइतबार, जेठ २८, २०८० मा प्रकाशित

बाँके- अत्यधिक गर्मीसँगै बाँकेमा सर्पदंशका बिरामी बढेका छन्। भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय बिरामी बढेका छन्।

Advertisement

दैलेखका माधव आचार्यलाई कोहलपुरमा ३१ वैशाखमा करेट नामक सर्पले डस्यो। उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराए। रोजगारीका लागि भारत जान त्यहाँ पुगेका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। अस्पतालमा १४ दिन आईसीयू र दुई दिन वार्डमा बसेर उनले उपचार गराए। उनका बुवा हेमलाल आचार्यले भने, ‘उनी खतरामुक्त भएर घर फर्किए पनि अझै हिँडडुल गर्न गाह्रो हुने गरेको छ।’ उनका अनुसार छोरालाई अहिले पनि हातका औंला, हत्केला र पैताला जलन हुने गरेको छ।

‘खतरामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर त आयौं तर छोराको अवस्था सामान्य छैन,’ आचार्यले भने, ‘पहिलाको जस्तो सजिलै हिँडडुल गर्न सक्दैन। जतिखेरै हातका औंला, हत्केला र पैताला पोलिरहेको छ मात्र भन्छ।’

हेमलालका अनुसार माधवको जलन भएको ठाउँमा निरन्तर पानीपट्टि लगाउनुपर्छ र मसाज गरिरहनुपर्छ। सर्पले डसेपछि उपचारमा एक लाख २० हजार खर्च भएको हेमलालले जानकारी दिए। भेरी अस्पतालमा उपचार गराउँदा भित्रबाट पाइने औषधि, आईसीयू र वार्डको खर्चमा अस्पतालले छुट दिएको उनको भनाइ थियो।

यस्तै, कामको सिलसिलामा बर्दियाको बाँसगढीमा इँटाभट्टामा काम गर्ने भारतीय नागरिक मोहम्मद हनिदलाई राति सुतिरहेको अवस्थामा करेट सर्पले डसेको थियो। २३ वर्षीय मोहम्मदलाई २० जेठ राति सर्पले डसेको थियो। पाँच दिनको उपचारपछि उनी बिहीबार निको भई घर फर्किए। उनको पनि स्वाथ्य अवस्था सामान्य नभएको इँटाभट्टाका प्रमुख खगेन्द्र कँडेलले जानकारी दिए। उनका अनुसार मोहम्मदको बोलीमा स्पष्टता छैन भने हिँडाइमा पनि केही समस्या देखिएको छ।

‘अस्पतालबाट डिस्चार्ज भएर मोहम्मद यहाँ आएको तीन दिन भयो। अस्पतालबाट आएदेखि उसको बोली सुस्त छ,’ कँडेलले भने, ‘उसले अहिले पनि औषधि खाइरहेको छ।’ उनका अनुसार मोहम्मदको उपचारमा ६२ हजार रुपैयाँ खर्च भयो।

८ जेठमा नेपालगञ्ज उपमहानगरपालिका-२३ जंगलसिंङ पुरुवाका २२ वर्षीया सहजरानी यादवलाई कोब्रा नाम गरेको सर्पले डसेको थियो। उनलाई दिउँसो धारामा पानी पिउन जाँदा सर्पले डसेको थियो। सहजरानी १० दिनको उपचारपछि निको भई घर फर्केकी छन्। उनको उपचारमा ३५ हजार रुपैयाँ खर्च भएको परिवारले जनाएको छ। उनले अहिले पनि औषधि खाइरहेकी छन्।

अत्यधिक गर्मी बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डा. कृष्णप्रसाद आचार्यले बताए। उनका अनुसार वैशाख अन्तिमदेखि सर्पदंशका बिरामी बढेका हुन्। एक महिनामा तीनजना गम्भीर प्रकृतिका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा. आचार्यले बताए। उनका अनुसार गर्मी बढ्दै गर्दा विशेषगरी करेट र कोब्राले डसेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।

‘विषरहित सर्पले डसेमा १० देखि १२ घण्टा विष लाग्छ कि भनेर निगरानीमा राख्छौं। उक्त समयमा विष लागेको कुनै लक्षण नपाए घर फर्काउने गरेका छौं,’ डा. आचार्यले भने, ‘विष लागेको अवस्थाका बिरामीलाई उनीहरूको स्वास्थ्य अवस्था हेरेर कम्तीमा दुई सातासम्म आईसीयू र भेन्टिलेटरमा राखेर सुधार नहुुँदासम्म उपचार गर्छौं।’ निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घण्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरिएको उनको भनाइ छ।

आठ वर्षदेखि सर्पदंशको उपचार गर्दै आएका डा. आचार्यले नेपालभरि नै त्यसबाट बच्ने र सर्पले डसेका उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेका छन्। सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिला बिस्तरा राम्री झारेर झुल टाँगेर मात्र सुत्ने, भुइँमा नसुत्ने, घर वरपर भएको जंगल वा झाडीलाई सफा बनाइराख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राति कुखुरा कराएको सुनिएमा लाइट बालेर मात्र खोरको जाँच गर्ने, घरमा मुसा छन् भने नियन्त्रण गर्नेलगायत भएको उनले बताए।

बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै तीनजना बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताए। विष लागेका दुईजनालाई थप उपचारका लागि भेरी अस्पतालमा पठाइएको उनले जानकारी दिए। उनका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका-५ नानपुरकी सरिता लामिछाने मगर छन्।

जानकी गाउँपालिका-६ का रमावती भाटालाई विषरहित सर्पले डसेकाले उनलाई केन्द्रबाटै प्रारम्भिक उपचार गरी घर फर्काइएको स्वास्थ्य प्राविधिक कुँवरले बताए। उनका अनुसार गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका थिए। समुदाय र नेपाल आर्मीको सहकार्यमा स्थानीयलाई सर्पदंशसम्बन्धी उपचार गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उनले बताए।

यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पनि जेठमा दुईजना बिरामी उपचारका लागि आएको अहेव नन्दलाल पाण्डेले जानकारी दिए। उनका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका-८ जिरो बजारकी पप्पीकुमारी बोहोरालाई सर्पले डसेको थियो। ‘उनलाई सर्पको विष लागेको कुनै लक्षण नदेखिएपछि १० घण्टा निगरानीपछि सर्पबाट बच्ने उपाय सम्झाएर घर पठायौं,’ उनले भने।

सोही केन्द्रमा सर्पदंशको उपचार गर्न २३ जेठमा आएकी हुन्, राप्तिसोनारी गाउँपालिका–१ कुसुमकी कमला वली। वलीलाई विषालु सर्पले नडसेकाले विष लागेको कुनै लक्षण नदेखिएपछि १० घण्टा निगरानीमा राखेपछि घर फर्काइयो। पाण्डेका अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी आएका थिए। गर्मीयाममा बढी सर्पदंशका बिरामी आउने भन्दै यो संख्या अझै बढ्ने उनको भनाइ थियो। राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ।

आइतबार, जेठ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.