• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कांग्रेस भक्तपुरको सभापतिमा थापा पुनः निर्वाचित


मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित

भक्तपुर- नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन्। वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन। उनले ५५५ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे। कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकटका हुन्। 

Advertisement

कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा पनि थापा र कवेबीच जिल्ला सभापतिका लागि प्रतिष्पर्धा भएको थियो। त्यसबेला पनि थापाले कवेलाई पराजित गरेको थियो।

जिल्ला कार्यसमितिमा पनि थापा समूह नै विजयी भए। उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए। अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे। सचिवमा सुशिल बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भए। सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले निर्वाचित भए। अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरे।

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जिवन श्रेष्ठ, दिपेन्द्रकुमार थापा मगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदीवासी जनजातीबाट रोशनी तामाङ, दिललक्ष्मी कायष्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुल्लाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए।

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को कार्यसमिति सदस्यमा कवे समूहका विरबहादुर विश्वकर्मा निर्वाचित भए।

भक्तपुर क्षेत्र नं. २ को आदाीवासी जनजाती महिलातर्फको महाधिवेशन प्रतिनिधिमा कवे समूहका निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए। गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटी भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगित गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो।

भक्तपुर क्षेत्र नं. २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ। महासमिति सदस्य खुल्लामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए।

त्यसैगरी महिला खुल्लामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदीवासी जनजाती खुल्लामा ज्ञानदास प्रजापति, खसआर्य खुल्लामा लछुराम न्यौपाने विजयी भए। उनीहरु सबै कवे समूहका हुन।

भक्तपुर क्षेत्र नं. १ को महासमिति सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए। महासमिति सदस्यमा प्रत्यक्ष खुल्लामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदीवासी जनजाती खुल्लामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की (सरु बाँनिया) सुभद्रा काफ्ले, आदीवासी जनजाती महिलामा गंगालक्ष्मी अवाल, खसआर्य खुल्लामा हरिप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका थिए।

मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा
गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

भर्खरै

  • १.
    मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

  • ४.
    राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • ६.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ७.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ८.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.