• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग


    Avatar photo
शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ ।

Advertisement

कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिनुभयो । उक्त सामग्री र उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बू)ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नुभयो ।

सर्पदंश उपचार केन्द्रलाई चाँडै एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मन्त्री मेन्याङ्बोले बताउनुभयो । उहाँले कोशी प्रदेशका सबै अस्पताल र सामुदायिक उपचार केन्द्रलाई प्रदेश सरकारले स्तरोन्नति गरेर भौतिक तथा प्राविधिकरूपमा दक्ष तथा व्यवस्थित बनाउने योजना प्रदेश सरकारको रहेको बताउनुभयो ।

कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा सेवालाई थप विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।

विसं २०६८ भदौ १७ गतेदेखि सञ्चालनमा ल्याइएको भुल्केको सर्पदंश उपचार केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभएको र हालसम्म उत्कृष्ट सेवा प्रवाह भइरहेको उपचारमा संलग्न नेपाली सेनाका सहसेनानी डा मनिष यादवले बताउनुभयो । उहाँका अनुसार पछिल्लो चार वर्षको अवधिमा क्रमशः विसं २०७६ मा दुई सय ९६, २०७७ मा तीन तीन सय ७३, २०७८ मा चार सय २६ र २०७९ मा चार चार सय २५ जना उपचारपछि स्वस्थ्य भई घर फर्किएको डा यादवले बताउनुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले समेत भुल्केको सर्पदंश उपचार केन्द्रलाई प्राविधिक र व्यवस्थापनका हिसाबले सुुदृढीकरण र सबल बनाएर लानुपर्ने विचार व्यक्त गर्नुभएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटा र भुल्के नेपाली सेना १८ नं बाहिनीका सहायक बाहिनीपति प्रेम हमालले सर्पदंश उपचार केन्द्रलाई दक्ष र सबल बनाएर सञ्चालन गर्न सके यस क्षेत्रका जनताले प्रभावकारी सर्पदंशको उपचार पाउन सक्ने बताउनुभयो ।

शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.