• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु


आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित

काठमाडौं- जाजरकोट, रुपन्देही, सिरहा, कैलाली, उदयपुर र रकुम(पश्चिम)का छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

Advertisement

जाजरकोट भेरी नगरपालिका-१३ बराचौरस्थित जाजरकोट-डोल्पा सडक खण्डमा नेपालगंजदेखि जाजरकोटको कालिमाटीतर्फ जाँदै गरेको ना.६ ख २७५७ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा कुशे गाउँपालिका-९ बस्ने १८ वर्षीया अनिला नेपाली, नलगाड नगरपालिका-३ करुवा बस्ने २५ वर्षीय शेर बहादुर परियार, रुकुम पश्चिम आठबिसकोट नगरपालिका-५ बस्ने २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकै छोरी ४ वर्षीया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका-१ बस्ने ४० वर्षीय गंगाराम यादब रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य २९ जनामध्ये २८ जनाको सोही जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि रुकुम मिसन अस्पताल पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही सिद्दार्थनगर नगरपालिका-७ बर्मेली चोकमा ग.११ प ५४४४ नम्बरको मोटरसाइकललाई ना.३ ख ३८६० नम्बरको ट्रकले शनिबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक स्याङजा चापाकोट नगरपालिका-१० किसान बस्ने ५३ वर्षीय गितानाथ खनाल र मोटरसाइकलमा सवार उनकै छोरा १३ वर्षीय सुदिप खनाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

सिरहा धनगढीमाई नगरपालिका-८ स्थित सडकमा ज.३ प २९५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ बस्ने ७५ वर्षीया ठकनी देबी महत्तोको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली घोडाघोडी नगरपालिका-५ डोके बजारमा सुदूरपश्चिम प्रदेश ०१००८ प ५४७५ नम्बरको मोटरसाइकललाई लु.१ ख ४६६५ नम्बरको ट्रकले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बेलार बस्ने ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुकुम(पश्चिम) मुसिकोट नगरपालिका-३ खरखरेस्थित सकडमा लु.४ त ९६२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रिबेणी गाउँपालिका-१ बस्ने ३० वर्षीय ललित बुढाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा
गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

भर्खरै

  • १.
    मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

  • ४.
    राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • ६.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ७.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ८.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.