• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भरिँदै छ संसारीमाईको ‘खोइछ’


बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

जलेश्वर- मैथिल आस्थाको केन्द्र मानिने जलेश्वरस्थित संसारीमाई मन्दिरमा महापूजा थालिएसँगै माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु निकै बढेका छन्।

Advertisement

५-५ वर्षमा आयोजना हुने महापूजा यसपालि गत शुक्रबार शुरु भएको हो। आउने शुक्रबार मुख्यपूजाको तयारी रहेको मन्दिरमा अहिले माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु भरिभराउ छन्। महापूजा अवधिमा भाकलस्वरूप माईको पोल्टामा वस्त्रआभूषण, द्रव्य र नरिवलसहितका फलफूल अर्पण गरिने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ।

पञ्चवर्षीय महापूजा प्रारम्भ भएसँगै संसारीमाईको दर्शन र पूजाआराधना गर्न दैनिक हजारौं श्रद्धालु पुग्दैछन्। मिथिलामा श्रद्धालु भक्तजनले भाकलस्वरूप ‘खोइछ’ भर्ने चलन छ। यसअघि माईको पुकारा गरी आफ्नो बह पोखेका भक्तजन यसपालि आफूले मागेको कुरा पाएपछि ‘खोइछ’ भर्न आएका हुन्। यो क्रम आजसम्म चल्ने मुख्य पुजारी ६४ वर्षीय महिन्द्र मुखिया बताउँछन्।

पहिलो दिन महापूजा संकल्प र दोस्रो दिन शोभाकलश यात्रा सम्पन्न गरिएसँगै मन्दिरमा श्रद्धालुले दर्शन, पूजाआराधना र ‘खोइछ’ भर्न थाल्छन्। खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवी (संसारीमाई)को सारीको अँचरा (पोल्टा)मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ। यो विधि पुरुषले पनि गर्न सक्छन्। तर, ‘खोइछ’ भर्ने कार्यमा महिला सहभागिता बढी देखिने गरेको मुख्य पुजारी मुखिया बताउँछन्।

संसारीमाईलाई सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी, पापनासक र नगर संरक्षक मानिन्छ। संसारीमाईको महापूजा प्रचलन भने ग्राम (गाउँबस्ती) सुरक्षाको अभिष्ट रहेको यसपालिको संसारीमाई महापूजा व्यवस्थापन समिति-२०८० का अध्यक्ष अशोककुमार साह बताउँछन्।

परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रूपमा मानिँदै आएको छ। देवाधिदेव श्री जलेश्वरनाथ महादेव मन्दिरको सम्मुख वरुण सर (सरोवर, तलाउ) डिलमा संसारीमाईको मन्दिर छ। संसारीमाई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपीठका रूपमा वर्णित र पूजित रहेकी जलेश्वर नगरप्रमुख सुरेश साह सोनार बताउँछन्।

अहिले मन्दिरमा साप्ताहिक महापूजाअन्तर्गत नियमित चण्डीपाठ भइरहेको छ। महापूजा मेलामा भारतीय श्रद्धालुको संख्या दिनदिनै बढिरहेको समितिले जनाएको छ। अहिले जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा दैनिक सरसफाइ, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुहरूको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँ-ठाउँमा खानेपानी र शौचालय सुविधा बढाइएको नगरप्रमुख साहले बताए।

धेरैअघि १२-१२ र त्यसपछि ७-७ वर्षमा हुँदै आएको महापूजा पछिल्लो दुई दशकयता ५-५ वर्षमा आयोजना गरिन थालिएको हो। श्री संसारीमाईको महापूजा जलेश्वर नगरका लागि महापर्व हो।

श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चबलिबाट आराधना गरिन्छ। यस अवसरमा नगरका घर-घरैजसोबाट पशुपक्षी बलि दिइन्छ। सन्सारीमाईलाई बोका, परेवा, कुखुरा, भेडा, सुँगुर र राँगा बलि दिने चलन छ। यो महापूजा (एकअर्को महापूजाबीचको अवधि) मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै बलि दिइनुपर्ने सांस्कृतिक मान्यता छ।

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.