मेष- समय मध्यम छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। अरूका काममै समय बित्न सक्छ। आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ।
वृष- अतिथिका रूपमा सम्मान पाउने याेग छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धी परास्त हुनेछन्। टाढाको यात्रा हुन सक्छ।
मिथुन- सहयोगीहरूले काम बिगार्न सक्छन्। तर आर्थिक लाभ हुने देखिन्छ। कृषिमा सामान्य समस्या देखिए पनि प्रशस्त धनआर्जन गर्न सकिनेछ।
कर्कट- समयमा काम पूरा नहुन सक्छ। छरछिमेकसँग झगडा हुन सक्छ। धनमाल हराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले काम गर्न असहज हुनेछ।
सिंह- आम्दानी बढ्नेछ, परिवारका आवश्यकता पूरा गर्न सकिएला। काम बिग्रने डरले सताउनेछ। मान सम्मानमा पनि ठेस पुग्ने देखिन्छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।
कन्या- प्रेमका सफलताका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ।
तुला- दिन सामान्य छ। साथ दिनेहरू भेटिनेछन्। महत्वाकांक्षी योजना गोप्य नराख्नाले समस्या हाेला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ।
वृश्चिक- मुख्य काममा बाधा हुने देखिन्छ। स्वास्थ्य कमजोर रहला। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारी साधन बिग्रिन सक्छ।
धनु- आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। सहयोगीहरूकाे राम्रो साथ मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पठन पाठनमा प्रगति हुनेछ।
मकर- लाभ हुने समय छ। साझेदारी व्यवसायमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ।
कुम्भ- सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। लामो यात्राको याेग छ। परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ। मन खिन्न रहनेछ।
मीन- लेनदेनको विवादले झगडा हुन सक्छ। पूरानो रोग बल्झेर सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूबाट टाढै रहनु उपयुक्त हाेला।