• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मौसम : आज तराई, उपत्यका र खोंचमा प्रचण्ड गर्मी


शनिबार, जेठ २०, २०८० मा प्रकाशित

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन अत्यधिक गर्मी बढ्ने देखिएकाले त्यसबाट बच्‍न उच्च सावधानीका लागि आग्रह गरेको छ।

Advertisement

विभागका अनुसार आगामी २४ घण्टामा देशका अधिकांश भूभागको अधिकतम र न्युनतम तापक्रम बढ्ने सम्भावना छ। कोशी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशभर अहिले पश्‍चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। अर्थात्, चर्को गर्मीको सामना गर्नुपर्ने सम्भावना छ।

कोशी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी प्रदेशका पहाडी भेगका १-२स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार आगामी पाँच दिन तराई क्षेत्रमा तातो हावा ‘लु’ बहने सम्भावना देखिएको छ। केही दिनयता देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको विभागले जनाएको छ।

तराईका अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिएको विभागको भनाइ छ। तसर्थ, तराई भूभागमा आगामी  पाँच दिनसम्म तातो हावा तथा ‘लु’ लाग्‍न सक्ने सम्भावना रहेकोले त्यसबाट बच्‍न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै, पहाडी भेगका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

तातो हावा तथा ‘लु’बाट हुने सम्भावित असरहरू थकाइ लाग्‍ने, कमजोरी हुने, बढी तिर्खा लाग्‍ने, टाउको दुख्‍ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्‍ने, बान्ता आदि हुनसक्ने देखिएकाले त्यसबाट बच्‍न केही उपाय विभागले सुझाएको छ।

विभागका अनुसार बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी हिँडडुल नगर्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्‍ने, टोपी लगाउने, पटक-पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन पनि विभागले आग्रह गरेको छ।

शनिबार, जेठ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.