• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

एसईईको ४ वर्ष पुरानो भिडियोबाट फैलाइयो भ्रम


शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको भन्दै अहिले टिकटकमा एउटा भिडियो भाइरल भएको छ। @shahilbhndari08 नामक टिकटक प्रयोगकर्ताले गत जेठ १३ गते भिडियो क्लिप पोस्ट गर्दै लेखेका थिए, ‘एसईईको नतिजा सार्वजनिक।’ करीब १० सेकेन्डको उक्त भिडियोमा एउटा समाचारको क्लिप छ। १८ जेठसम्म त्यसलाई भिडियो २१ लाख बढी पटक हेरिएको छ भने ७५ हजारभन्दा बढी लाइक र २७०० भन्दा बढी पटक सेयर गरिएको छ।

Advertisement

भिडियोमा एक महिलाले वाचन गरेको समाचारमा भनिएको छः

‘परीक्षा नियन्त्रण कार्यालयद्वारा एसईईको नतिजा सार्वजनिक। १६ हजारले ल्याए ‘ए प्लस’। त्यसतलको ग्रेड ल्याउने पुरक परीक्षामा सहभागी हुनसक्ने।’

उक्त टिकटक पोस्टमा आएका प्रतिक्रियामध्ये अधिकांशले त्यो भिडियो पुरानो भएको बताएका छन्।

तथ्य जाँच

नेपाल टाइम्स अनलाइनकाे फेसबुक पेजमा १२ असार ०७६ मा पाेस्ट गरिएकाे भिडियाेकाे स्क्रिनसट

हामीले तथ्य जाँचका लागि सर्वप्रथम ती किवर्ड प्रयोग गरी गुगलमा खोज्यौं। तर, उक्त भिडियो फेला परेन। त्यसपछि हामीले समाचारमा भनिएका तिनै शब्द राखेर फेसबुकमा खोज्यौं। फेसबुकमा एकमुष्ट खोज्दा नभेटिएपछि भिडियोमा क्लिक गर्‍यौं। त्यसपछि सो समाचार नेपाल टाइम्स नामक अनलाइनको फेसबुक पेजमा १२ असार ०७६ मा पोस्ट गरिएको फेला पर्‍यो।

सो मितिलाई पछ्याउँदै हामीले नेपाल टाइम्सको युट्युब च्यानमा सो भिडियो फेला पार्‍यौं। समाचार वाचिका रश्मिता उदासले टप फिफ्टिन नामक कार्यक्रममा उक्त समाचार वाचन गरेकी थिइन्। यस्तै, १२ असार ०७६ मा नागरिक बहस अनलाइनमा पनि सोही समाचार प्रकाशित भएको थियो।

नेपाल टाइम्स अनलाइनकाे युट्युब च्यानलमा १२ असार ०७६ मा पाेस्ट गरिएकाे भिडियाेकाे स्क्रिनसट

नेपाल टाइम्सको युट्युब च्यानमा राखिएको भिडियो ५ मिनट लामो छ। तर, त्यसलाई काँटछाँट गरी सन्दर्भ लुकाई भाइरल बनाइएको छ। झण्डै ४ वर्षअघिको समाचार प्रयोग गरी भिडियो फैलाइएको भिडियो भ्रामक रहेको हाम्रो निष्कर्ष छ। २०७८ सालमा भएकाे एसईई परीक्षाकाे नतिजा आउन बाँकी नै छ ।

यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो

शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.