मेष- बेकारको झगडाको योग भएकाले संयमित रहनु होला। स-साना घरेलु समस्यामै अल्झिनु पर्दा महत्त्वपूर्ण काम छुट्न सक्छन्। आज शत्रु बढ्ने योग छ।
वृष- लेनदेनमा समस्या देखिन सक्छ। कुरा काट्दै आएकाहरू तपाईंको प्रशंसक बन्ने छन्। अध्ययन, अध्यापन सकारात्मक रहला। आतिथ्यपूर्ण सम्मान पाइएला।
मिथुन- पराक्रम र मनमा हौसला बढ्ने समय छ। रोकिएका अधुरा काम फटाफट सम्पादन हुने छन्। प्रशस्त आम्दानी होला। नयाँ र दीर्घकालीन लाभका काममा हात हाल्ने समय छ।
कर्कट- आजको दिन व्यापार, व्यवसायबाट विशेष लाभ प्राप्त होला। आम्दानीका स्रोत पनि बढ्ने छन्। दाम्पत्य जीवन सुखमय रहला। स्वास्थ्य सबल बन्ने छ।
सिंह- अनावश्यक खर्च र विवाद हुने योग रहेकाले संयमित र मितव्ययी रहनु उचित हुनेछ। पुरानो रोग बल्झिन सक्छ। दुर्घटनाको योग रहेकाले सावधानी अपनाउनु होला।
कन्या- इष्टमित्र र आफन्तजनले साथ सहयोग दिने छन्। प्रणय सम्बन्ध सफल रहने छ। अवसरहरूले पछ्याएका छन्। तिनको पहिचान गरेर हात पार्ने कोशिस गर्नु होला।
तुला- आजको दिन धर्मकर्म र परोपकारका काममा मन जानेछ। मान प्रतिष्ठा प्राप्त होला। आर्थिक लाभ पनि हासिल हुन सक्छ। व्यापार, व्यवसायमा लाभको योग छ।
वृश्चिक- आजको दिन रमणीय यात्राको योग छ। दिन मनोरञ्जनपूर्ण रहला। फुर्सदिलो समयमा रमाउन पाइएला। अध्ययन अध्यापन सामान्य रहने छ।
धनु- आर्थिक हानी पुग्ने समय छ। अध्ययन अध्यापनमा ध्यान दिन नसक्नु होला। आर्थिक कारोबारमा पनि विवाद आउने छ। हतारमा कुनै निर्णय नलिनु होला।
मकर- अरूको मन सहजै जित्न सकिएला। तथापि, आफ्नोभन्दा अरूकै काममा समय व्यतीत होला। दीर्घकालीन लाभको क्षेत्रमा काम शुरु गर्ने समय छैन।
कुम्भ- अधुरा कामहरू धमाधम सम्पादन हुने छन्। सामाजिक प्रतिष्ठा प्राप्त होला। दाम्पत्य जीवन र प्रेम सम्बन्ध सफल होलान्। आम्दानीका स्रोतहरू बढ्ने छन्।
मीन- व्यापार, व्यवसायमा प्रशस्त नाफा आर्जन हुन सक्छ। परिश्रमी स्वभावले भाग्य चम्काउने छ। इष्टमित्रको बलियो साथ पाइएला। परोपकारमा मन जाला।