• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बेलका वन महासंघमा अवैधानिक नेतृत्व चयन गरिएको आरोप

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

उदयपुर- सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरले बेलका नगरस्तरीय समितिमा अवैधानिक नेतृत्व चयन गरेको आरोप लागेको छ।

Advertisement

बेलका नगरस्तरीय भन्दै घोषणा गरिएको समितिप्रति बेलका नगरपालिकाअन्तगर्तका अधिकांश वन समूहले असन्तुष्टी जनाएका छन्।

नगरपालिकाभित्र रहेका ५२ वटा सामुदायिक वन उपभोक्ता समितिमध्ये ३२ भन्दा बढी समूहका पदाधिकारीहरूले विज्ञप्तीमार्फत असन्तुष्टी जनाएका हुन्। नगरस्तरीय सामुदायिक उपभोक्ता महासंघका तर्फबाट अवैध रूपमा प्रतिनिधि छनोट भएकामा गम्भीर ध्यानाकर्षण भएको र त्यसप्रति आपत्ति रहेको विज्ञप्तीमा उल्लेख छ।

बेलका नगर स्तरीय वन उपभोक्ता महासंघको ३० चैतमा सम्पन्न अधिवेशनमा नेतृत्व चयनका विषयमा समझदारी बन्न नसकेको तथा लोकतान्त्रिक विधि र प्रक्रियामार्फत नेतृत्व चयनका सन्दर्भमा समेत बेवास्ता गरी सबैको सहमतिमा नेतृत्व चयनको विषयलाई पछि टुंग्याउने गरी अधिवेशन स्थगित भएको विज्ञप्तीमा उल्लेख छ।

अधिवेशन स्थगित भएकोमा एकाएक जिल्ला महासंघको अधिवेशनका लागि केही व्यक्तिले मनोमानी ढंगबाट एकलौटी प्रतिनिधि छनोट गरी अवैध तरिकाले प्रतिनिधि बनाएको विज्ञप्तिमा उल्लेख छ। ती अवैधानिक प्रतिनिधिलाई मान्यता नदिन विज्ञप्तिमा आग्रह गरिएको छ।

२४ वैशाखमा बेलका नगरस्तरीय महासंघको अध्यक्षमा मनोज तामाङ दोस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरिएको थियो। उक्त कार्य अवैध रहेको विज्ञप्तिमा उल्लेख छ।

अध्यक्षमा जाल्पादेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हीराजंग राई र सप्तकोशी बेलका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महाप्रसाद ढकाल पनि प्रत्यासी थिए। तर, वैधानिक प्रतिस्पर्धा नगराई एकलौटी ढंगले तामाङलाई अध्यक्ष घोषणा गरिएको छ।

निर्वाचन समितिका पदाधिकारी कुशल बाबु बस्नेतले भने आरोपको खण्डन गर्दै अध्यक्षमा मनोज तामाङ र उपाध्यक्षमा हीराजंग राईलाई चयन गरिएको बताए।

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.