मेष– खर्च बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आजको दिन मध्यम नै छ ।
वृष– उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धी पराजित हुनेछन् । टाढाको यात्रा हुनेछ ।
मिथुन– पढाइ लेखाइमा प्रगति हुनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।
कर्कट– स्वास्थ्य समस्या देखिन सक्छ । ढिलासुस्तीले विभिन्न अवसर गुम्न सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ ।
सिंह– आम्दानी बढ्नेछ । काम बिग्रने डरले सताइरहनेछ । सानातिना काममा दिन बित्नेछ ।
कन्या– दाम्पत्य सुखमा रमाउने समय छ । सजिलै काम बन्नेछ । धार्मिक यात्राको योग छ ।
तुला– महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । कृषिबाट लाभ मिल्नेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
वृश्चिक– घरेलु काममा अल्झिनुपर्नेछ । स्वास्थ्य कमजोर रहला । लगानी अनुसार कम प्रतिफल पाइन सकिन्छ ।
धनु– सहयोगीहरुको राम्रो साथ मिल्नेछन् । नयाँ काम सुरु गर्ने समय छ । पठन पाठनमा प्रगति हुनेछ ।
मकर– आय आर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाँउबाट धनागमन हुनेछ । खर्च बढ्नेछ ।
कुम्भ– लामो यात्राको योग छ । स्वास्थ्य समस्या देखिन सक्छ । सोचेको काम नबन्नाले मन खिन्न हुनेछ ।
मीन– लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । व्यवसायिक काममा पनि समस्या आउन सक्छ ।