• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

आम्दानीको स्रोत बन्दै सिस्नो र गुन्द्रुक


सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

बारीका कान्लाेभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ।

Advertisement

कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ। बागलुङको जैमिनी नगरपालिका-३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन्।

स्थानीयले घरमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रको परिकार बनाएर खानमेत दिन्छन्। पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुने पहुनालाई आयातित मायाको चिनोमा हजारौँ रुपैयाँ खर्च गरिँदै आएका सन्दर्भमा जैमिनीका स्थानीयले स्थानीयस्तरमै उत्पादित वस्तुको प्रयोग गर्न थालेका छन्।

यसले उत्पादनको प्रवर्द्धन गरिरहेको छ भने आयातित वस्तुमा खर्च गर्ने रकम बचत गराइदिएको छ। गाउँघरमा खेर गइरहेका सिस्नो र बाँको अहिले पाहुनाको स्वादिष्ट परिकार बन्न पुगेको छ। यतिमा मात्रै नभई स्थानीयको आयआर्जनको गतिलो माध्यम बनेको छ।

सिस्नो र बाँकोको प्रशोधन गरी बनेका पाउडर तथा सिन्कीको माग पछिल्लो समय बढ्दै गएको छ। खासगरी पहिले चुलोचौकोमा सीमित बनेका महिला अहिले व्यावसायिक बनेका छन्। यहाँका महिलाले सिस्नोको पाउडर र गुन्द्रुकसँगै आलुको चिप्ससमेत बनाउन थालेका छन्। यसले आलुको मूल्य दोब्बर पर्न थालेको छ।

सीप सिकेर गाउँघरमा उत्पादित वस्तु प्रशोधन गरी नयाँ परिकार बनाउन थालेपछि आफूहरुको दैनिकी नै बदलिएको स्थानीय तारादेवी पुनले बताइन्। गाजा दह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्षसमेत रहेकी पुन आर्थिकरुपमा पनि महिला विस्तारै मजबुत बन्दै जान थालेको बताउँछिन्।

पहिले अरुकै भरपर्ने स्थिति रहेको सुनाउँदै सीपले महिलालाई आत्मनिर्भर बनाउँदै गएको पुनको भनाइ छ। गाउँका महिला पनि पछिल्लो समय उत्पादन र व्यवसायमा लागेको पुन बताउँछिन्।

“सबैभन्दा ठूलो सीप रैछ, सीपले सबैलाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्दो रैछ, पहिले यतिकै खेर गइरहेका सिस्नो र बाँको अहिले पैसा कमाउने वस्तु बनेको छ, घरमा आउने आफन्त र पाहुनालाई सिस्नोको पाउडर र गुन्द्रुक खान दिन्छौँ, बिदाइ भएर जाँदा कोसेलीका रुपमा थोरै धेरै दिएर पठाउँछौँ”, पुनले भनिन् “अहिले गाउँका दिदीबहिनी सबै खुसी भएका छौँ, पहिले महत्वहीन मानेको सिस्नाे अहिले निकै मत्वपूर्ण भएको बुझ्यौँ।”

सिस्नोको पाउडर बजारीकरणमा नगरपालिकाले सघाएको छ। नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन्। चालू आर्थिक वर्षमा दुई हजार किलो सिस्नो पाउडर तयार गरी बिक्री भइसकेको छ।

बजार मागअनुसार माग पूरा गर्न कठिन भएको पुनको भनाइ छ। माग बढ्दै गएपछि खाली जमिनमा सिस्नो रोप्ने तयारी भइरहेको पुनले बताइन्। सिस्नो पाउडर निर्माणको तालिम पाउनुअघि घर छेउछाउ, खेतबारी तथा खरवारीमा भएका सिस्नो मास्न आगो लगाउने, उखेल्ने स्थानीय अर्थाेपार्जनसँग जोडिएपछि संरक्षण र विस्तारमा लागेका छन्।

दमेकको सिस्नो पाउडर नेपालका ठूला सहर, ठूलो होटेलदेखि विदेशबाट पनि माग भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। चितवन, काठमाडौँ, पोखरा र हङ्कङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताए।

“यहाँका नागरिकले आम्दानीका लागि नगरपालिकाले एउटा प्रयास ग¥यो, त्यो प्रयास सफल हुँदै गएको छ, दिदीबहिनीलाई तालिम र केही मेसिनको व्यवस्था गरेका थियौँ, उहाँहरु उत्पादनमा लाग्नुभयो, अहिले धेरै राम्रो भएको छ, उहाँले बेच्नसक्ने आफैँ बेच्नुहुन्छ, नत्र नगरपालिकाले त्यसको प्रबन्ध मिलाएको छ।” उपप्रमुख शर्मा भन्छन्।

प्रतिकेजी छ सय ५० रुपैयाँमा सिस्नोको धुलो बिक्री भइरहेको छ। सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमकको परिचय बनेको छ। बाँकोको गुन्द्रक एक सय ग्रामलाई दुई सय रुैपयाँमा बिक्री हुन्छ।

स्थानीय कृष्ण पुनले यो क्षेत्रमा धान, गहुँ र मकै कम उत्पादन हुने हुँदा आफूहरु आलु उत्पादनमा लाग्दै आएको बताए। सिस्नोको माग बढ्न थालेपछि आलुसँगै बाँको र सिस्नो खेती विस्तार गर्न थालेको बताए। अहिले गाउँका धेरै स्थानीय आलु र सिस्नो खेतीमा लाग्न थालेको उनको भनाइ छ।

सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.