सुनसरी- बराहक्षेत्र चतरास्थित साकेला स्थानमा वान्तवा-चाम्लिङ माङखिम (पुर्ख्यौली घर) निर्माण गरिएको छ।
माङखिममा किरात राई जातिको कुलअनुसार सजावटका सामग्री, तीन चुला, थुन्से, डोको, भार, छपनी, धनुषकाँड, घ्याम्पा, ढिकी जाँतोलगायत परम्परागत सामग्रीहरू राखिएको छ।
शुक्रबार घरपैंचोसँगै तीनचुला पूजा गरी किरात राई जातिको विधि मुन्धुमअनुसार शुभसाइत गरिएको छ।

माङखिम निर्माणले स्थानीय क्षेत्रको आन्तरिक पर्यटन र संस्कृतिको प्रबर्द्धन हुने अगुवा मनजित राईले बताए। वान्तवा र चाम्लिङ माङखिम निर्माणमा प्रतिघर २ लाख ६५ हजार रुपैयाँ संकलन गरी खर्च गरिएको निर्माण कमिटी सचिव जीवन राईले जानकारी दिए।
स्थानीयवासीको भेलामा सांस्कृतिक झाँकी र प्रदर्शनीसहित वान्तवा चाम्लिङ माङखिममा फरक-फरक संस्कार, संस्कृति र चुला पुज्ने कार्यक्रम भएको किरात राई यायोक्खा चतराका सहसचिव शुभधन राईले जानकारी दिए।