• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

काठमाडौं उपत्यकामा ५० प्रतिशतले लाए कोरोना खोप


बुधबार, असोज १३, २०७८ मा प्रकाशित

काठमाडौं- उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौं उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ।

काठमाडौं उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ।

मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौं जिल्लामा पहिलो मात्रा ५१.५ प्रतिशतले र ४८.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका बताए। काठमाडौं जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या १५ लाख ६२ जना हो।

त्यस्तै ललितपुरमा ४९.७ प्रतिशत पहिलो मात्रा र ४५.४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन्।

ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो। यसरी हेर्दा ढिलोमा दसैंसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ।

राजधानी उपत्यका धेरै जनासङ्ख्या भएको, प्रायः देशभरका मानिसहरुको मिश्रित बस्ती रहेको स्थान हो। बढी जनसङ्ख्या रहेको यो उपत्यकामा ५० प्रतिशत नागरिकलाई खोप लगाउनुलाई उपलब्धिका रुपमा लिनुपर्ने हुन्छ।

त्यसपछि सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ। यस प्रदेशमा पहिलो मात्रा ३८.२ प्रतिशत र पूर्ण मात्रा ३५.३ प्रतिशतले खोप लगाइसकेका छन्। भण्डारीले काठमाडौं जिल्लामा ३५ वर्षमाथिका लागि पनि खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए।

सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई खोप लगाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन्।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप प्रदान गर्दै आइरहेको छ। अहिले काठमाडौँ उपत्यकामा ४० वर्षमाथिका सबै र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीले ती खोप केन्द्रबाट खोप लगाइरहेका छन्।

कोरोना भाइरसका सक्रिय सङ्क्रमितमा ५० प्रतिशतभन्दा बढी कमी आएको देखिएको छ। यसअघि सबैभन्दा बढी गत भदौ ३ गते ४० हजार ५०० जना सक्रिय सङ्क्रमित रहेकामा हिजो मङ्गलबारको तथ्याङ्कमा जम्मा १८ हजार ४२२ जना मात्र सक्रिय सङ्क्रमित देखिएका छन्। सक्रिय सङ्क्रमितको यो गिरावट ५० प्रतिशतभन्दा बढी हो।

यस्तै सबभन्दा बढी सङ्क्रमण देखिएको भदौ ३ पछि क्रमशः सङ्क्रमण दर घट्दै गएको पाइएको छ। त्यस दिन १६ हजार ४३८ जनामा परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण देखिएको थियो। यो परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

त्यसको ठीक एक महिनापछि यही असोज ३ गते १० हजार १३ जनामा परीक्षण गर्दा ७३४ जनामा सङ्क्रमण देखिएको थियो। यो सङ्क्रमणको ७.३ प्रतिशत हो। त्यसैगरी हिजो मङ्गलबार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको थियो। यो सङ्क्रमणदर दर ८.३ प्रतिशत हो।

सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशत मात्र रहेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए।

उनका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो। एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ। यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

यस्तै अगस्टमा २४.५ प्रतिशत पहिलो मात्रा र २०.५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए। अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्। मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ। नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यामा भएको वृद्धि तथा जनस्वास्थ्यको मापदण्डमा कडाइका कारण पछिल्ला दिनहरुमा भाइरसको सङ्क्रमण घट्दै गएको देखिएको छ ।

नेपालमा अहिलेसम्म १ करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप प्राप्त भइसकेको छ। कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६० मात्रा, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा र भेरोसेल खोप एक करोड १९ लाख मात्रा प्राप्त भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। (रासस)

बुधबार, असोज १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.