• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

धरानका मेयर हर्क साम्पाङले गल्ती स्वीकारे


बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिका-१ चावचा, बागदलबारीलगायतको नम्बरी जग्गा प्रयोग गरी कोकाहा खोलाको पानी धरान लैजाने अभियानमा लागेका धरानका मेयर हर्क सम्पाङ र बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीबीच आज बराहक्षेत्र नगरपालिकामा औपचारिक छलफल भएको छ।

Advertisement

धरानका मेयर साम्पाङले छलफलको क्रममा बराहक्षेत्र नगरपालिका तथा स्थानीय सरोकारवालासँग सहकार्य, सहमति नगर्नु आफ्नो कमी कमजोरी र गल्ती भएको स्वीकार गरेको बराहक्षेत्र-१ वडाध्यक्ष किसन थापा मगरले जानकारी दिए।

नगर प्रमुख रमेश कार्की, वडाध्यक्ष मगर, वडा सदस्य कुमार भट्टराई, इलाका प्रहरी कार्यालय चक्रघट्टीका निरीक्षक राजेश दत्तलगायत टोलीले हिजो चावचामा पानीको पाइप बिछ्याएको स्थलगत अवलोकन गरेका थिए।

धनकुटा र सुनसरी सीमा भएर बहने कोकाहा खोलाबाट धरानमा खानेपानी लैजानका लागि मेयर साम्पाङको अभिनयमा श्रमदान गर्न हजारौं संख्यामा मानिसहरू बराहक्षेत्र-१ चावाचामा पाइप लिएर एकाएक पुगेपछि स्थानीयवासीले आपत्ति जनाएका थिए।

नगर प्रमुख कार्की, वडाका जनप्रतिनिधिहरूले स्थलगत अवलोकन गरिसकेपछि वडा नम्बर १ को भूमि मेयर साम्पाङको टिमले प्रयोग गर्दा स्थानीयवासी र स्थानीय सरकारसँग सहकार्य गरेर समाधान खोजिनुपर्ने बताएका थिए।

आज दुई पक्षबीच भएको छलफलमा स्थानीय सरोकारवाला बासिन्दाहरूसँग आवश्यक छलफल, सहकार्य गरेर मात्र काम शुरु गर्ने मौखिक सहमति भएको छ। वडा नम्बर १ को नम्बरी जग्गामा पाइप बिछ्याउदा हुने क्षतिको मूल्यांकन गरिसकेपछि मात्र काम अगाडि बढाउने सहमति भएको छ।

कोकाह खोलाबाट धरान पानी लैजाने योजनामा बराहक्षेत्र–१ वडा कार्यालय तथा स्थानीय बासिन्दाले अवरोध नगर्ने गरी आवश्यक सहकार्यको अभाव, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच एकअर्कामा छलफल नहुँदा समस्या सिर्जना भएको हो। आगामी दिनमा विकास निर्माणका काममा सहमति गरेर जाने विषयमा मेयर साम्पाङ सकारात्मक रहेको बराहक्षेत्रका मेयर कार्कीले बताए।

मेयर रमेश कार्कीले भने खानेपानीको पाइप बिछ्याउँदा दीर्घकालीन असर, वातावरणीय प्रभाव अध्ययनको विषयमा छलफल गरिने र त्यसका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने बताए।

बराहक्षेत्र-१ को नम्बरी जमिनमा पाइप बिछ्याउँदा स्थानीयवासी र स्थानीय सरकारसँग सहकार्य गरेर समाधान खोजिनुपर्ने माग स्थानीय बासिन्दाले गरेका थिए।

बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.