सुनसरी – सप्तकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् ।
Advertisement
झापाको दमक – ९ बुद्ध चोकबाट बराहक्षेत्र १ सप्तकोशी र कोका नदीको संगम स्थल बराहक्षेत्रमा बुबा, आमासँग पितृ श्रद्धा गर्न आएका नबिन न्यौपाने, रुद्र न्यौपाने र राज गुरागाईं (उर्लाबारी) सप्तकोशी नदीमा पौडि खेल्ने क्रममा डुबेका थिए ।
उनीहरुमध्ये नविन न्यौपानेको शव नदीबाट निकालिएको छ । बेपत्ता अन्य दुई जनाको सशस्त्र प्रहरी पकलीबाट आएका गोताखोरको टोलीले खोजी कार्य जारी राखेको सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।