• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयका पाठ्य पुस्तक पुग्यो


    Avatar photo
आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

विसं २०८० को शैक्षिक सत्र सुरु भएसँगै रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयमा सरकारी पुस्तकहरू पुगिसकेको छ ।

Advertisement

यसपटक जिल्लाका पुस्तक व्यवसायीले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पर्याप्त पुस्तक ल्याएका कारण शैक्षिक सत्रको सुरुआतीसँगै जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।

त्यसैगरी सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सरकारले निजी क्षेत्रलाई प्रकाशन र वितरण गर्ने अनुमति दिएका कारण र जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षा सम्मका पाठ्यपुस्तक मात्र छपाइ गरेको कारणले पनि यसपटक पाठ्यपुस्तकमा सहजता भएको व्यवसायी बताउँछन् ।

जिल्लामा कक्षा १ देखि १० सम्मका ४० हजार थान पुस्तक आवश्यक रहेकोमा अहिलेसम्म ३० हजार थान पाठ्यपुस्तक जिल्लामा भित्रिसकेकोे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष मीनप्रसाद घिमिरेले बताउनुभयो ।

जिल्लामा स्टेशनरी व्यवसाय गरेर बस्ने व्यवसायीले छुट्टाछुट्टै रूपमा पुस्तक खरिद गरेर ल्याएका छन् । ती पुस्तक सम्बन्धित विद्यालयले आआफ्नो पायक पर्ने पुस्तक पसलबाट खरिद गरेर लैजाने गर्दछन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अनुसार यो वर्ष गत वर्षमा जस्तो पाठ्यपुस्तक प्राप्तिमा झन्झट नभएका कारण बेलैमा पाठ्यपुस्तक जिल्लामा ल्याएर विभिन्न विद्यालयमा पुरयाउन सकिएको हो ।

अहिलेसम्म जिल्लालाई आवश्यक पर्ने कूल सङ्ख्याको ७५ प्रतिशत पुस्तक आएको भए पनि अरू बाँकी केही पुस्तक पुरानै चलाउने गरेका कारणले जिल्लामा सय प्रतिशत पुस्तक ल्याए पनि नबिक्ने समस्या रहेको गुनासो पुस्तक व्यवसायीको रहेको छ ।

जिल्लाका आठ वटा पालिकामध्ये छ वटा पालिकामा पूर्ण मात्रामा पाठ्यपुस्तक पुगिसकेको र दुई पालिकामा पनि वैशाखको पहिलो हप्तासम्म गतेसम्म पूर्ण मात्रामा पुगिसक्ने शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लाको रामेछाप र मन्थली नगरपालिका, गोकुलगङ्गा, खाँडादेवी, उमाकुण्डर लिखुतामा कोशी गाउँपालिकामा रहेका विद्यालयमा भएको आवश्यकताका आधारमा पूर्णरूपमा पाठ्यपुस्तक पुगिसकेको छ । दोरम्बा शैलुङ र सुनापति गाउँपालिकामा पनि वैशाखको पहिलो हप्ताभित्र पाठ्यपुस्तक पुगिसक्ने प्रमुख भट्टराइले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका अनुसार रामेछापको आठ वटै पालिकामा रहेका दुई सय ८० आधारभूत विद्यालय र ९६ माध्यमिक विद्यालयका लागि यो वर्ष ४० हजार थान पाठ्यपुस्तक आवश्यक पर्दछ । यस शैक्षिक सत्रका लागि माध्यमिक तहमा सात हजार र आधारभूत तहमा ३३ हजार विद्यार्थीका लागि पाठ्यपुस्तक आवश्यक रहेको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापले जनाएको छ ।

केही सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने र केही विद्यालयमा पुरानै पाठ्यपुस्तक पुनःप्रयोग गर्ने भएकाले पनि अब जिल्लामा धेरै पाठयपुस्तक आवश्यक नपर्ने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापले जनाएको छ ।

आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

भर्खरै

  • १.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • २.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ३.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ४.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ५.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ६.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ७.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.