• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन


शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

मनाङ – हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ ।

Advertisement

वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन ।

मनाङका विभिन्न नदी खोला नदीमाथि बन्न लागेका पुलका लागि बजेट आए पनि काम हुनसकेको छैन । मस्र्याङ्दी नदीमाथिको पुल, दूधखोलालगायत नदी खोलामाथि पुल निर्माण गर्न बजेट विनियोजन भए पनि कामले गति लिन नसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए । ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको हो ।

“चालु आर्थिक वर्र्षमा जिल्लामा पाँच पुल निर्माण गर्न बजेट विनियोजन भएको छ, दुई पुलको काम सकिएको छ, अन्यको प्रक्रिया नै अगाडि बढेको छैन”, विष्टले भने, “एउटा पुल निर्माण सम्पन्न भए पनि बाढीपहिराका कारण भत्किएको छ, त्यसलाई पुनःनिर्माण गर्नुपर्ने छ ।”

निर्माणमा संलग्न कम्पनीका प्रतिनिधिलाई प्रमुख जिल्ला अधिकारीमार्फत ताकेता गर्ने काम भइरहेको उनले बताए । मनाङमा बन्ने सबै पुल निर्माणका लागि प्रतिपुल रु दुई करोडका दरले बजेट विनियोजन भएको छ । सबै पुलको सम्झौता असार मसान्तमा सकिन्छ, तर काम भने अगाडि बढ्न सकेको छैन ।

चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्य पूर्णरूपमा रोकिन्छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचना निर्माणकार्यका काम थपिएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रोलगायतको विकास निर्माणका कार्यमा समस्या हुन्छ ।

यतिबेला मनाङमा मौसम अनुकूल रहेको छ । यसले गर्दा कामले गति लिनुपर्ने हो । तर त्यस्तो हुन नसकेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताइन् । “केही निर्माणका कार्य भइरहेका छन्, पुलको काम अगाडि बढाउन ठेकेदारलाई सम्पर्क गर्ने काम भइरहेको छ”, उनले भनिन् ।

हिउँदमा हिमपातका कारण सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण गर्न सकिन्छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधार निर्माणकार्य पूर्णरूपमा रोकिने गर्दछ । हिउँदमा जिल्लाको चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिँदैन ।

मनाङको मेरुदण्डको रूपमा रहेको चामे–बेँसीसहर सडकखण्डको निर्माण पनि मौसम अनुकूल भएपछि निर्माणको काम भइरहेको छ । प्रायःजसो मनाङको विकास निर्माणको काम तीनदेखि पाँच महिनासम्म गर्न सकिन्छ ।

उक्त सडकखण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिकरूपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलान गरिएको छ । सडकखण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ–छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा सङ्घ सरकारले कुल रु ६० करोड विनियोजन भएको छ ।

आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भर्खरै

  • १.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • २.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ३.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ४.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ५.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ६.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ७.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ८.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.