• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने


बुधबार, चैत २९, २०७९ मा प्रकाशित

काठमाडौं – काठमाडौं उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो ।

Advertisement

चावहिल–साँखु सडकमा तीन पुलको निर्माण अघि बढिसकेको छ भने जोरपाटी–सुन्दरीजल र कर्मनाशा खोला–गोदावरी सडकमा पुल निर्माणमा जाने गरी योजना अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । साँखुमा तीन पुल निर्माण गर्न ठेक्का लागिसकेर अहिले सर्बे डिजाइनका क्रममा रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । साढे दुई वर्षमा सम्पन्न गर्ने गरी गत वर्ष ठेक्का भएको उनले बताए ।

जोरपाटी–सुन्दरीजल सडकमा चार ठाउँमा पुल निर्माणका लागि योजना बनाएर अर्थ मन्त्रालयसँग रकम माग गरिएको आयोजनाले जनाएको छ । गोकर्ण मन्दिर नजिकै, गोकर्ण बजार सकिनासाथ, नाम्गेन बसपार्क बजार र एउटा नयाँपाटीमा पुल निर्माण गर्ने योजना रहेको छ । माटो परीक्षण गरेर यतियति लम्बाइका पुलका लागि यति रकम आवश्यक छ भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको सूचना अधिकारी जोशीले बताए । उनले भने, “विभाग हुँदै अर्थ मन्त्रालय पुगेको फाइल त्यही रोकिएको छ ।”

सडक निर्माणको अन्तिम काम भइरहेको हात्तीवनदेखि गोदावरी सडकमा दुई पुल निर्माण आवश्यक देखिएको आयोजनाले जनाएको छ । हात्तीवनमा कर्मनाशा खोलामा र गोदावरी पार्क नजिकै हाल कल्भर्ट रहेको स्थानमा पुल आवश्यक रहेकाले निर्माणको योजना बनाइएको उनको भनाइ छ ।

आयोजनाले पहिले सबै ठाउँमा सडक विस्तारको मात्रै काम अघि बढाइएमा अहिले साँघुरा पुल रहेका स्थानमा पुल निर्माण गर्ने योजना अघि बढाएको हो । २० र २२ मिटरमा सडक चौडा गर्ने गरी विस्तार सुरु भए पनि आधाभन्दा बढी सडकमा त्यसअनुसार निर्माण हुन सकेको छैन । पहिलेभन्दा केही चौडा भएको ठाउँमा पनि सडकभन्दा पुल साँघुरो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको सूचना अधिकारी जोशीले बताए ।

सडक विस्तारको अन्तिम काम भइरहँदा स्थानीयबाट पनि विभिन्न माग भइरहेको छ । सुन्दरीजलमा स्थानीयले बसपार्क निर्माण गर्न माग गरेको आयोजनाले जनाएको छ । स्थानीयवासीले गरेको माग र स्थानीय तहको समन्वयमा गत वर्ष गोदावरी नगरपालिकामा सडक ढलान गरिएको थियो ।

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.