• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नेपालले प्रिमियर कप जिते के हुन्छ?


बुधबार, चैत २९, २०७९ मा प्रकाशित

काठमाडौं-  एसीसी प्रिमियर लिग शुरु हुन अब एक साता बाँकी छ। नेपाली क्रिकेट खेलाडी र क्रिकेट प्रेमीको ध्यान अहिले प्रिमियर लिगमै केन्द्रित छ। लिगका लागि नेपाली राष्‍ट्रिय क्रिकेट टोलीले तयारी पनि तीव्र पारेका छन्।

Advertisement

टोलीले हाल त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। प्रतियोगिता ५ वैशाखदेखि शुरु हुँदैछ। खेल १८ वैशाखसम्म चल्नेछ। खेल त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ।

नेपालमा हुने एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

यस प्रतियोगितालाई ‘रोड टु एसिया कप’को रूपमा हेरिएको छ। प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउने छ।

एसीसी प्रिमियर लिग जिते के हुन्छ?

नेपाली क्रिकेट टोली अहिले उत्कृष्‍ट फर्ममा छ। किनकि, भर्खरै सम्पन्‍न विश्‍वकप लिग-२ मा उत्कृष्‍ट प्रदर्शन गर्दै विश्‍वकप छनोटमा सीधै छनोट हुन सफल भयो, नेपाली टोली। लिग-२ का पछिल्ला १२ खेलमध्ये ११ मा जित निकाल्दै नेपाली क्रिकेट टोलीले सनसनी नै मच्चायो। एकदिवसीय मान्यता नै धौधौ परेको अवस्थामा लिग-२ को शीर्ष ३ मा पर्न सफल भयो। नेपाली क्रिकेटको यो छलाङमा प्रशिक्षक मोन्टी देशाईंको ठूलो हात छ। नयाँ प्रशिक्षकका रूपमा उनी नियुक्त भएसँगै जे भयो त्यो चमत्कारसरह नै भएको मान्‍नेहरू पनि धेरै छन्।

किनकि, कप्तान ज्ञानेन्द्र मल्लको तलबका विषयमा शुरु भएको द्वन्द्व, त्यसलाई निस्तेज गर्न क्यानद्वारा सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी अनि लामिछानेमाथि नाबालिग बलात्कारको मुद्दा, क्यानले आयोजना गरेको अति विवादास्पद नेपाल टी-२० फ्रेन्चाइज क्रिकेट, स्पट फिक्सिङ र म्याच फिक्सिङ काण्ड, पारिश्रमिकविहीन बनेका खेलाडीजस्ता अनेक काण्डका बेला आएका प्रशिक्षक देशाईंले गज्जबकै नतिजा दिलाएका छन्।

उनी प्रशिक्षकको रूपमा नियुक्त भएको धेरै भएको छैन। २२ माघदेखि मात्र प्रशिक्षण दिन शुरु गरेका देशाईंले अप्रत्यासित नतिजा हात पार्न सफल भएका छन्। उनकै प्रशिक्षणमा नेपाली क्रिकेट टोली फेरि एकपटक मैदान उत्रँदै छ।

उत्कृष्‍ट फर्ममा रहेको नेपालले फेरि एउटा ठूलो अवसर पाएको छ। यदि यो अवसरमा सफल भए नेपालले शक्तिशाली टेस्ट राष्‍ट्रहरूसँग प्रतिस्पर्धाको अवसर पाउनेछ।

यो प्रतियोगितामा च्याम्पियन बन्‍न सके नेपालका लागि एसिया कपको ढोका खुल्नेछ। र, शीर्ष ३ मा परे एसिया इमर्जिङ कपमा पुग्नेछ। इमर्जिङ टिम एसिया कपमा भारत ए, पाकिस्तान ए, श्रीलंका ए, अफगानिस्तान ए र बंगलादेशको ए टोली हुनेछन्।

के हो इमर्जिङ एसिया कप ?

यो एसियन क्रिकेट परिषद् (एसीसी)ले आयोजना गर्ने एक प्रतियोगिता हो। एसियाका टेस्ट मान्यताप्राप्त ५ राष्‍ट्रका यू-२३ टोली र पछिल्लो एसिया कप छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा शीर्ष तीन राष्‍ट्रका राष्‍ट्रिय टोली प्रतियोगितामा सहभागी हुनेछन्।

यो इमर्जिङ टिम एसिया कपको यो पाँचौं संस्करण हो। यसअघि नेपालले सन् २०१३ को पहिलो, २०१७ मा भएको दोस्रो र २०२० मा भएको तेस्रो संस्करणमा पनि भाग लिएको थियो। तर, उत्कृष्‍ट प्रदर्शन गर्न सकेको थिएन।

अभ्यास खेल खेल्दै

नेपालले हेभिवेट मानिएका टोलीहरूसँग प्रतिस्पर्धा गर्ने निश्‍चित भइरहँदा आफ्नो लयलाई निरन्तरता दिने चुनौती पनि थपिएको छ। नेपाली टोलीका प्रशिक्षक देशाईंले प्रिमियर कपको तयारीस्वरूप खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन्।

प्रिमियर कपअघि नै नेपालले केही अभ्यास खेलहरू खेल्ने भएको छ। नेपालले ओमान र बहराइनसँग अभ्यास खेल खेल्ने भएको क्यानले जनाएको छ।

३० चैत (१३ अप्रिल) मा बहराइनसँग अभ्यास खेल खेल्नेछ। त्यपछि ओमानले नेपालसँग २ वैशाख (१५ अप्रिल) मा अभ्यास खेल खेल्नेछ। खेल मुलपानी वा टीयूमध्ये कहाँ खेल्ने भन्‍ने पक्का नभइसकेको क्यानले जनाएको छ।

को-को छन् टोलीमा?

एसीसी प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टोली हाल प्रशिक्षणमा छ। क्यानले प्रतियोगिताका लागि यसअघि नै प्रारम्भिक टोली घोषणा गरिसकेको छ।

प्रारम्भिक टोलीका सदस्यमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जीसी, ललित राजवंशी, रोहित पौडेल र सन्दीप जोरा छन्।

यस्तै, सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमलसिंह ऐरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल छन्।

खेलतालिका

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.