Advertisement
काठमाडौं- गैरआवासी नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मध्यपूर्व युवा सह-संयोजकमा निराजन खत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी अक्टोबरमा हुने एनआरएनएको १०औं महाधिवेशनका लागि मध्यपूर्वतर्फबाट क्षेत्रीय सह-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
युवाको नेतृत्व युवाले नै लिनुपर्ने भएकाले आफूले उम्मेदवारी घोषणा गरेको खत्रीले बताए । करिब आधा दशकदेखि आफू एनआरएन अभियानमा रहेको भन्दै उनले युवाको क्षेत्रीय सह-संयोजकका लागि आफू योग्य उम्मेदवार भएको बताए ।
खत्री हाल एनआरएनए यूएईको क्षेत्रीय समन्वय परिषद्को उपाध्यक्ष हुन् ।