• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

हराउँदै रैथाने बालीको बीउ


आइतबार, चैत २६, २०७९ मा प्रकाशित

सुदूरपश्चिम- कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहन्छन्।

Advertisement

चार दशक अघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वास्थ्यकर र पोषिलो हुने रैथाने खाद्यान्नको बीउ हराउँदा चिन्ता भने उनलाई चिन्ता लागेको छ । उमेरले ६५ वर्ष पुगेका रानाले भने, “अहिले आधुनिक खेती प्रणालीको नाममा माटो र वातावरण बिगार्ने काम मात्र भइरहेको छ ।”

कञ्चनपुरका निरुप्रसाद चौधरी त्योबेला विषादी र रासायनिक मलको प्रयोग बिना खेती हुने रैथानेबाली अहिले हराइसकेको बताउँछन्। “रैथाने जातका धान गहुँलगायतका बालीको बीउ पाउनै मुस्किल भइसकेको छ”, उनले भने, “पहिलेको तुलनामा कृषियन्त्रको प्रयोगले भने काम गर्न सहज भएको छ ।”

एक तथ्याङ्कका अनुसार मानिसले उपभोग गर्ने तरकारी र खाद्यान्नमध्ये हाइब्रिड जातको खाद्यान्नको उपभोग झण्डै ९० प्रतिशत छ । केवल दश प्रतिशतले मात्रै रैथाने साग तरकारी र अन्य खाद्यान्न उपभोग गरिरहेका छन् ।

असन्तुलित रुपमा बालीमा विषादीको प्रयोग गरी उत्पादन हुने र विदेशबाट आयातित खाद्यान्नको उपभोग मानव स्वास्थ्यका लागि जोखिम हुनेसक्ने कृषि प्राविधिकको भनाइ छ । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषि जैविक विविधतामा भइरहेको निरन्तरको ह्रासले गम्भीर समस्या निम्त्याउन सक्ने देखिएको बताए।

“हाल उपभोगमा रहेको तरकारीका जातमा झण्डै ९० प्रतिशत उन्नत (वर्णशङ्कर) छन्, दश प्रतिशत मात्र रैथाने छन्,” निर्देशक जोशीले भने, “वर्षौअघिसम्म खेती गरिने गुर्रा, राइमुनुवा, सौंँठेरी, जस्ता धानका रैथानेबाली लोप भइसकेका छन् ।”

जैविक विविधतामा धनी नेपाल हावापानीको दृष्टिमा पनि विश्वमै नमुनाको देशको रुपमा छ । वासस्थान विनास, आधुनिक खेती प्रणालीमा हुने गरेका कतिपय नकारात्मक अभ्यास र मानवसिर्जित विभिन्न कारणले कृषि जैविक विविधतालगायत समग्र जैविक विविधतामा ह्रास हुँदै गइरहेको छ ।

रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउन नसकेमा कृषि पर्यावरणीय प्रणालीमा नै नकारात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्नसक्ने जानकारहरु बताउँछन् ।

नेपालम रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपक्षी, जलियकिरा, सुक्ष्म जीवाणुजन्य अनुवांशिक स्रोत)मध्ये झण्डै ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरको पहिचानका रुपमा रहेको रैथाने जातको थारु आलु, डोटीको जोरायली बास्मति धान, हङ्सराज बास्मती धान, अनदी धानलगायतका रैथाने बालीको संरक्षण र प्रवद्र्धन जस्ता कृषिगतिविधि भइरहेका छन् ।

कृषि जैविक विधताको महत्व र यसको संरक्षणको आवश्यकताबारे प्रचारप्रसार गर्न र सरोकारवालाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सक्रियरुपमा लाग्न उत्प्रेरित गर्ने गराउने उद्देश्यले सरकारले चालु वर्षदेखि प्रत्येकवर्ष माघ १ गतेलाई राष्ट्रिय जैविक विविधता दिवस मनाउने घोषणा गरिसकेको छ ।

यस अन्तर्गत जैविक स्रोतको संरक्षणका लागि कृषि वृक्षरोपण, महत्वपूर्ण रैथाने जातलाई सूचीकृत गर्ने, रैथाने बाली, जातका बीउ तथा रैथाने एवं परम्परागत प्रविधि÷सामग्रीको सङ्कलन र प्रदर्शन, रैथाने पशुपक्षीका रुपमा रहेका अछामी नौमुठे गाई, खैला तथा लुलुगाई, लिमे तथा पारकोटे भैँसी, खरी तथा सिन्हाल बाख्राहरु, माछापुच्छ्रे, कागे, बारुवल तथा भ्याङ्लुङ भेडाहरु, प्वाँख उल्टे, घाँटी खुइले र साकिनी कुखुरा, जुम्ली घोडा, हुर्रा सुङ्गुर लगायतको संरक्षण र प्रवद्र्धनसम्बन्धी गतिविधि गरिने जनाइएको छ ।

लोपोन्मुख घाँसे बाली, मत्स्य प्रजातीको संरक्षका साथै प्राकृतिक जलायसयमा स्थानीय जातका माछाको उपलब्धता र पहिचानका लागि मत्स्य जैविक विविधताको अध्ययन, खाद्य मेला एवं रैथाने खानाको प्रचारप्रसार, विविधिकरण र बजारीकरणका साथै प्रोत्साहनमूलक कार्य पनि गर्न लागिएको छ ।

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.