मेष- आज अतिथि बन्न पाइएला। व्यापार र व्यवसाय सन्तोषजनक रहलान्। व्यावसायिक यात्रामा निस्किनु पर्ला। आज परिश्रमको मूल्यांकन हुने दिन छ।
वृष- आजको दिन मित्रजनको राम्रो साथ पाइएला। विदेशका अधुरा कामहरू सम्पादन हुने योग छ। सानो प्रयासमै ठूला काम सम्पादन गर्न सकिएला।
मिथुन- आज विवादमा पर्ने योग भएकाले बोल्दा विचार पुर्याउनु होला। जटिल परिस्थितिका कारण गलत निर्णयमा पुगिएला, सचेत रहनु जरुरी देखिन्छ।
कर्कट- व्यापारमा अपेक्षाकृत लाभ देखिन्छ। तर, नयाँ काम थालनी गर्ने योग छैन। शैक्षिक पाटो सबल रहला। काममा भने समस्या बढ्ने सम्भावना छ।
सिंह- आजको दिन मनोरञ्जनपूर्ण रहला। भौतिक साधन जुट्नाले मन प्रशन्न रहला। आज प्रतिष्ठा प्राप्त होला।
कन्या- आज विवाद बढ्ने योग भएकाले सोचविचार गरेर मात्र बोल्नु होला। रमणीय यात्राको योग पनि छ। अधुरा कामहरू फटाफट सम्पादन होलान्।
तुला- आफ्नाभन्दा अरूकै काममा समय बित्न सक्नेछ। सकेसम्म त्यस्ता अलमल हुने कामबाट टाढा रहनु होला। आजको दिन स्वास्थ्य कमजोर रहला।
वृश्चिक- आजको दिन आर्थिक पाटो बलियो देखिन्छ। विशिष्ट व्यक्तिहरूको साथले कामहरू सहजै सम्पादन होलान्। शुभचिन्तकको पनि साथ पाइएला।
धनु- व्यापार, व्यवसायमा सन्तोषजनक उपलब्धी हासिल होला। अनावश्यक खर्चबाट बच्नु होला। आज प्रतिस्पर्धीहरूलाई पछाडि पार्ने समय छ।
मकर- आज टाढाको व्यावसायिक यात्रामा निस्किनु पर्ला। साथीभाइ र इष्टमित्रको साथ सहयोग पाइएला। आम्दानी सामान्य रहने छ।
कुम्भ- आजको दिन आर्थिक अभावले सताउन सक्छ। कामहरू पूरा गर्न गाह्रो पर्ला। त्यसका बावजुद आजको दिन नयाँ काममा हात हाल्ने योग छ।
मीन- आज स्वास्थ्य कमजोर रहला। धोकेबाजहरूबाट सावधान रहनु होला। अध्ययन, अध्यापनमा पनि खासै प्रगति हासिल हुन सक्ने छैन।