बुटवल– महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीका एकजना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) रहेका छन् ।
Advertisement
रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो । अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।
उनी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनी स्वतन्त्ररूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।